Loading...
जापानमा विम समाज गठन

Image result for japan
जापानमा रहेका विमवासीको एक भेलाले विम समाज जापान गठन गरेको छ । रोजगार, शिक्षा, व्यापारलगायत विभिन्न सिलसिलामा जापानमा पुगेका मालिका गाउँपालिका–७ विमवासीले जन्मगाउँ र जापानमा रहेका विमवासीको हकहितका लागि हेमकुमार जुग्जालीको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरिएको छ । 
उपाध्यक्षमा कुलबहादुर गर्बुजा, सचिव निर्मल जुग्जाली, सहसचिव कमल विक, कोषाध्यक्ष देउकुमार जुग्जाली, सहकोषाध्यक्ष डेककुमार जुग्जाली, देशन जुग्जाली, लक्षिण जुग्जाली र आसकुमार जुग्जाली रहेको सहसचिव कमल विकले जानकारी दिए । 
उनका अनुसार सल्लाहकारमा गमप्रसाद जुग्जाली र चन्द्रप्रसाद जुग्जाली रहेका छन् । उनका अनुसार समाजको स्थापनासँगै जापानमा रहेका विमवासीको एकता, सहकार्य तथा जन्म गाउँमा विभिन्न कार्यक्रमहरुमा समेत आर्थिक, भौतिक र नैतिक सहयोगका लागि सहज भएको बताए । विमबाट विश्वका विभिन्न मूलुकमा पुगकाहरुले विम समाजको स्थापना गरी गाउँमा शिक्षा, स्वास्थ्य, सडक, लघुजलविद्युत लगायतका धार्मिक क्षेत्रमा समेत सहयोग गरेका छन् । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads