Loading...
एमाले–माओवादीद्वारा सरकार गठन प्रक्रिया सुरु

 नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले प्रदेश ३ मा सरकार गठनको प्रक्रिया सुरु गरेका छन् ।
एमालेले संसदीय दलको नेतामा डोरमणि पौडेल चयन भएलगतै सरकार गठन प्रक्रिया सुरु भएको हो । प्रदेश ३ मा एमालेको प्रष्ट बहुमत छ भने माओवादीले पनि पौडेललाई नै समर्थन गरेको छ ।
एमालेले पौडेललाई मख्यमन्त्री नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुखलाई पत्र पठाउने तयारी गरेको छ । माओवादी संसदीय दलका नेता शालिकराम जम्मरकट्टेलले आइतबार प्रदेश प्रमुखलाई पत्र पठाएर पौडेललाई समर्थन गरेको जनाएका छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads