Loading...
मोबाइल मात्रै होइन दिमागलाई पनि रिचार्ज गर्नुपर्छ

 स्मरणशक्ति बढाउनका लागि मानिसहरू प्रायः एउटै उपाय सुझाउँछन् । धेरभन्दा धेर कुरा याद गर्नुस् भन्छन् । तर सबै कुरा रट्न छोडेर शान्त बस्दा पनि स्मरणशक्ति बढ्छ ।

आफ्नो कोठाको उज्यालो घटाउनुस् । आरामले पल्टिनुस् । आँखा बन्द गर्नुस् र आफूलाई रिल्याक्स अनुभव गराउनुस् । यसो गर्दा तपाईंले याद गर्न खोज्नुभएको कुरा राम्ररी याद हुन्छ ।

कम समयमा धेरै कुरा सिक्दा, जान्दा अनि बुझ्दा स्मरणशक्ति बढाउन सकिने बताइन्छ । तर केही बेरसम्म कुनै अवरोधविना आरामले शान्तिपूर्वक बस्दा पनि स्मरणशक्ति तेजिलो हुन्छ । यही बेलामा तपाईंको खाली दिमागले
यादहरूको खजाना भरिदिन्छ । दिमागलाई आराम दिएर आफूलाई रिचार्ज गर्न सक्नुहुन्छ तपाईंले ।

यस्ता आरामदायक क्षणहरूमा इमेल चेक गर्दा वा सामाजिक सञ्जाल हेर्न थाल्दा दिमाग रिल्याक्स हुन पाउँदैन ।

केही नगर्नु भनेको अल्छी विद्यार्थीका लागि बहाना खोज्ने माध्यम भएपनि स्मरणशक्ति कमजोर भएका मानिसलाई यो राम्रो उपाय हो । हामी सबैभित्र शान्त बसेर वा पल्टिरहेर स्मरणशक्ति बढाउने क्षमता हुन्छ ।

सबै विज्ञहरूले कामको बीचमा ससाना ब्रेक लिँदा हामीहरू नयाँ कुरा सिक्न र याद गर्न सफल हुने बताएका छन् । यसबाट विद्यार्थीहरूको ग्रेड १० देखि ३० प्रतिशतसम्म राम्रो हुनसक्छ । कुनै पनि पाठलाई फेरि घोक्नुअघि ब्रेक लिँदा त्यसलाई याद गर्न सहज हुन्छ ।

सूचना क्रान्तिको समयमा हामीले स्मार्टफोन मात्र नभई दिमागलाई पनि रिचार्ज गर्नुपर्छ ।

बीबीसीबाट

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads