Loading...
कर्मचारीलाई विदेश भ्रमण जान रोक, २१ करोड ढुकुटी जोगियाे

काठमाडाै । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सम्पुर्ण विदेश भ्रमण स्थगित गर्न सरोकारवाला निकायलाई कडा निर्देशन दिएको छ ।
आजको नागरिक दैनिकमा खबर छ- प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयका सचिव र अन्य सरकारी निकायका प्रमुखलाई उक्त निर्देशन विहीबार पठाएको हो ।
यो निर्देशनसँगै आगामी एक महिनाभित्र विदेश जाने तयारीमा रहेका करिव ३ सय ५० सकारी कर्मचारीको विदेश भ्रमण स्थगित भएको छ ।
कर्मचारी विदेश भ्रमणमा नजाने भएपछि राज्य ढकुटीमा करिब २१ करोड रुपैयाँ जोगिएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads