Loading...
प्रवासी नेपाली मंच ओमनको दोस्रो अधिवेसन सम्पन्न


इरुप्से डट कम पूर्ण विश्वकर्मा ( पहाडी ) फेब्रुअरी १७ ओमान   १६ फेब्रुअरी शुक्रबारको दिन प्रवासी नेपाली मंच, ओमनको दोस्रो अधिवेसन ओमनको रुवि स्थित मास पलाजा संपन्न भएको छ । प्रवासी नेपाली मंच, ओमनको आयोजक समितिका संयोजक लिलानाथ कोइरालाको अध्यक्षमा संपन्न अधिवेसनमा रास्ट्र गान बजाई सुरु भएको थियोे । अधिवेसनको प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य मध्य पुर्वी बिदेश बिभाग प्रमुख श्री प्रसाद  शाहले गर्नु भएको थियो । विशिस्ट अथितीमा नेपाली दूतावास ओमनको महामहिम राजदुत सर्मिला पराजुली ढकाल, गैर आवासीय नेपाली संघका सचिब डि. बि. श्रेत्रि, प्रवासी नेपाली मञ्च कतार,दुबईका प्रतिनिधिको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको थियो । मंचका महासचिव सोम श्रेष्ठले कार्यक्रम संचालन गर्नु भएको थियो । राष्ट्रिय गान , गान बजाई कार्यक्रम अगाडि बढाउनु भएको थियो । 
एन आर एनको कार्यक्रममा नेपाल बाट आउनु भएका सिस्नो पानीका कलाकार  मनोज गजुरेल,अर्जुन पराजुली,हेम आचार्य ,डा. रवीन्द्र समिरको पनि उपस्थित रहेको थियो ।  ओमान विभिन्न संघ संस्थाको बाक्लो उपस्थिति रहेको रहेको थियो, नेपाली काङ्ग्रेस संबद्ध नेपाली जनसम्पर्क समिती सभापति फर्सुराम पोख्रेल, जनप्रगतिशिल मञ्च ओमनका अध्यक्ष उमेश विश्वकर्मा ,एकता समाजका छबिलाल बस्नेत, विवेकशिल दलको ओमानका प्रतिनिधि जिबन कार्की,गैरआवसिय संघ ओमानका अध्यक्ष दिपक श्रेष्ठ, बुद्ध भिजन,मगर संघ,तमु समाज म्याग्दी प्रवासि संघ मोनाका अध्यक्ष पूर्ण विक (पहाडी) लागयतले मन्तव्य राख्नु भएको थियो । 


प्रमुख अतिथि एमाले केन्द्रिय सदस्य मध्य पुर्व बिभाग प्रमुख  श्री प्रसाद शाहले अहिले भइ रहेको एमाले माओवादी एकता कुनै पनि हालतमा हुन्छ । यदि यो एकतालाई कसैले रोक्न खोजेमा त्यो जनता विरुद्ध हुने बताउनु भयो । प्रवासमा रहेका वाम एकता समर्थनले पनि खबरदारी गर्नु पर्ने बेला आएको बताउनु भयो । नवनिर्वाचित समितीलाई सफल कार्यकाल शुभकामना दिदै ओमनमा रहेका दुई भातृ संगठनले पनि अब छिटोभन्दा छिटोभन्दा एकता प्रक्रिया अगाडि बढाउन पनि निर्देशन दिनु भयो । 



प्रवासी नेपाली मञ्च ओमनको नव निर्वाचित टिम
अध्यक्ष : सोम कृष्ण श्रेष्ठ
प्र. उपाध्यक्ष : रामहरि गिरि
दृ उपाध्यक्ष : रन्जित आचार्य
तृ उपाध्यक्ष : बिष्णु चौलागाईं
महासचिव : पशुपति जिसि
सचीव : महेश न्यौपाने
सचीव : धन बहादुर गुरुङ
सचीव : अनु पौडेल हिरा
सचीव : रमेश शाही
कोषाध्यक्ष : गणेश बहादुर शाही
सकोषाध्यक्ष : सन्तोष कटुवाल
सदस्य
यज्ञ पराजुली,गणेश प्रसाद पाण्डे, सुर्य प्रसाद ढुंगाना,कमल गौतम,शिवहरी पराजुली , पेम दिकि शेर्पा,बलराम गैरे, सर्खेस पाल, प्रधुन्न कार्की रहनु भएको छ ।
हल ओमान स्थित कार्यरत नेपालीले भरिएरको थियो महाधिवेसन एउटा पर्व पनि भएकोले आयोजकले खानाको ब्यवस्था गरिएको थियो । नव निर्वाचित सदस्यहरुले आउदो दिनमा सबै संघ संस्था संगठन मिलेर ओमानमा आइ पर्ने समस्याको समाधान गर्ने प्रतिबद्धता गर्दै कार्यक्रमको अन्त्य भएको थियो ।






0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads