Loading...
पुलिसले जित्यो,रारा गोल्डकपको उपाधि

Image result for रारा गोल्डकप
थ्रीस्टारलाई हराउँदै १६ औं आहा ! रारा गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

पोखरा रंगशालामा शनिबार भएको प्रतिष्पर्धात्मक खेलमा थ्रीस्टारलाई १-० गोल अन्तरले हराउँदै पुलिसले उपाधि जितेको हो । यो जितसँगै पुलिसले क्याराभान गोल्डकपसहित आहा Û रारा गोल्डकपको उपाधि छैटौं पटक जितेको छ । पुलिसले उपाधिसँगै ७ लाख १ हजार पाएको छ ।
अघिल्लो हप्तामात्र मदन भण्डारी मेमोरियल गोल्डकप जितेको थ्रीस्टार भने उपबिजेतामै सिमित भएको छ । उपविजेता थ्रीस्टारले पनि ३ लाख ५१ हजारसहित ट्रफी प्राप्त गरेको छ ।
पुलिसको जितमा सब्स्टीच्यूट खेलाडी राम वाजीले निर्णायक गोल गरे । अभिशेक रिजालको सट्टामा ८३ औं मिनेटमा मैदान छिरेका वाजीले थपिएको कुल २० मिनेटको पहिलो हाफको ईञ्जुरी समयमा गोल गरेका हुन् ।
यसअघी निर्धारित ९० मिनेटको समय गोलरहित बराबरी भएपछि २० मिनेटको समय थपिएको थियो । पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको थ्रीस्टार दोश्रो हाफ पछि भने केहि रक्षात्मक बनेको थियो । यद्यपि उसले पनि थुप्रै गोल गर्ने अवसर सिर्जना गरेपनि त्यसलाई सदुपयोग गर्न सकेन ।
शुरुवाती १५ मिनेट आक्रामक बनेको पुलिस त्यसपछि रणनीतिक रुपमा काउण्टर अट्याकमा उत्रियो । उसले आठौं मिनेटमै गोल गर्ने अवसर गुमायो । सुमन लामाको क्रसमा रवि पासवानले मिलाई दिएको पासलाई अभिषेक रिजालले प्रहार गरेको वल बिपक्षी गोलकिपर एलन न्यौपानेले विफल पारे । २३ औं मिनेटमा अफसाईड भनेर थ्रीस्टारका डिफेन्डरले छाडेको बललाई अभिषेक रिजालले गोलकिपर न्यौपानेलाई छलाएर प्रहार गर्दा वल सेकेण्ड बार हुँदै बाहिरियो ।
३२ औं मिनेटमा अभिषेक रिजालको पासमा निरकुमार राईको प्रहार खेर गयो । ३३ औं मिनेटमा निरकुमार राईको पासमा सुमन लामाको प्रहार क्रस बार भन्दा थोरै माथिबाट बाहिरियो ।
दोश्रो हाफमा थप आक्रामक बनेको पुलिसले ७७ औं मिनेटमा अर्को गोल गर्ने अवसर गुमायो । रविले प्रहार गरेको वल गोलकिपर न्यौपानले मुश्किलले बचाए । थपिएको २० मिनेटको पहिलो हाफको अन्तिम मिनेटमा निरकुमार राईले गरेको कडा प्रहार क्रस बारमा लागेर फर्कियो ।
थ्रीस्टारले पनि केहि राम्रा गोल गर्ने अवसर खेर फाल्यो । सातौं मिनेटमा सुनिल वलको कर्नरमा अनन्त तामाङको हेडर वल बिपक्षी गोलकिपर शत्रुघन चौधरीले पञ्च गरेर फालेपछि डिफेन्डर अजित भण्डारीले क्लियर गरे ।
दोश्रो हाफमा दवाबमा खेलेको थ्रीस्टारका लागि ६४ औं मिनेटमा बुद्ध चेम्जोङको पासमा विवश श्रेष्ठले गरेको प्रहार खेर गयो । ६८ औं मिनेटमा सुनिल वलले सेकेण्ड बार च्यापेर गरेको प्रहार बिपक्षी गोलकिपर चौधरीले पञ्च गरेर बाहिर फाले । ७५ औं मिनेटमा अजेयी मार्टिनले दायाँ साइडबाट बिपक्षी गोलकिपर चौधरीसँग वान भर्सेज वानको अवस्थामा गरेको प्रहार फष्र्ट बार हुँदै बाहिरियो । ७९ औं मिनेटमा थ्रीस्टारले पाएको पि|m-किकमा बिजय धिमालले सिधै गोलपोष्टमा प्रहार गर्दा गोलकिपर चौधरीले पञ्च गरेर क्रस बार माथीबाट बाहिर फाले ।
शनिबारको खेलमा पुलिसका रोसन खड्काले रातो कार्ड पाए । यद्यपि पुलिस १० खेलाडीमा सिमित भने हुनुपरेन । गोलपछि खुशीयाली साट्न मैदान छिरेपछि उनलाई रेप|mी सुदीशकुमार पाण्डेले रातो कार्ड दिएका हुन् । तर, उनी बेञ्चका खेलाडी भएकाले पुलिस १० खेलाडीमा सिमित हुनु नपरेको हो ।
पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले जितको श्रेय खेलाडीमा जाने प्रतिक्रिया दिए । उनले खेललाई खेलाडीले न्याय गरेकै कारण उपाधि जित्न सफल भएको बताए ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी रवि पासवान बने । उनले हिरो स्कुटर प्राप्त गरे । प्रतियोगिताको सर्वाधिक गोलकर्ता पुलिसका सुमन लामा र हृयाटि्रककर्ता थ्रीस्टारका विश्वास श्रेष्ठ बने ।
उत्कृष्ट स्ट्राइकरमा थ्रीस्टारका विश्वास श्रेष्ठ, उत्कृष्ट मिडफिल्डर थ्रीस्टारका सुनिल वल, उत्कृष्ट डिफेन्डर पुलिसका अजित भण्डारी, उत्कृष्ट गोलकिपरमा पुलिसका शत्रुघन चौधरी, उत्कृष्ट प्रशिक्षक पुलिसका अनन्तराज थापा भए । त्यस्तै, अनुशासित टिममा सुदूरपश्चिम ११ स्पोर्टिङ क्लव धनगढी पुरस्कृत भए । उनीहरुलाई जनही १५ हजारसहित ट्रफी प्रदान गरियो ।
दर्शकलाई पनि स्कुटर
यसैबीच भाग्यमानी दर्शक उज्वल पोखरेललाई हिरो स्कुटर प्रदान गरिएको छ । प्रतियोगिता अवधीभर टिकट काट्ने दर्शकहरुमा गरिउको लक्की ड्रमा कास्की माछापुच्छ्रे गाउँपालिका घाचोक भलाबोट निवासी केसी बिजेता बनेका हुन् । उनलाई स्कुटर हस्तान्तरण गरिएको थियो । अर्का भाग्यमानी दर्शक रामबजारका हरिबहादुर कार्कीले एलजीको २१ ईञ्चको कलर टिभी प्राप्त गरे ।
पोखरा चाँडै खेलकुदको शहर हुन्छः विष्ट
फाइनल खेलअघि सम्बोधन गरेका राखेप सदस्य सचिव केशवकुमार विष्टले पोखरालाई खेलकुदको राजधानी बनाउने घोषणा गरे ।
त्यसका लागि केहि समयपछि नै खेलकुदकर्मीसहित सरोकारवालाहरुसँग बसेर छलफल गर्ने उनको भनाइ थियो । उनले आगामी आहा ! रारा गोल्डकप नयाँ रंगशालामा खेलाउन पाइने दाबी गरे ।
पुरानो रंगशाला भत्काउने कार्य भइरहेको र त्यसमा नयाँ रंगशाला एक वर्ष भित्रै बनाई सकिने उनको दाबी छ ।
सदस्य सचितव विष्टले अब देशैभरी हुने गोल्डकपको प्रथम पुरस्कार राखेपले दिने घोषणा गरे । प्रथम पुरस्कारको राशी २५ लाख वा त्यो भन्दा माथि जति राखेपनि राखेपले दिने बताएका हुन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads