Loading...
सुरक्षा र मर्यादापालकको जिम्मा एउटै टोलीलाई

काठमाडाै । गृह मन्त्रालयका अनुसार नेपाल प्रहरीले सभाको भित्री सुरक्षा गर्नेछन् । सशस्त्रले बाहिरी सुरक्षा हेर्नेछ । गुप्तचरले भने आवश्यकताअनुसार सबै स्थानमा खटिएर सूचना संकलन गर्नेछन् ।
अाजकाे नयाँ पत्रिकामा खबर छ- सातवटै प्रदेश सभाको सुरक्षाका लागि सम्बन्धित प्रदेश कार्यालयबाटै प्रहरी खटिएका छन् । प्रतिनिधि र राष्ट्रिय सभामा भने केन्द्रबाटै खटिनेछन् ।
खटिएका सुरक्षाकर्मीले सम्बन्धित सभाको बाहिरी सुरक्षादेखि मर्यादापालकसम्मको जिम्मेवारी निभाउनेछन् । प्रदेश सभा सुरक्षाका लागि सशस्त्रबाट खटाउन बाँकी नै छ ।
प्रहरी प्रवक्ता डिआइजी नेउपानेले प्रतिनिधि र राष्ट्रिय सभामा केन्द्र तथा प्रदेश सभामा सम्बन्धित प्रदेश कार्यालयबाटै सुरक्षाकर्मी खटिने बताए ।
उनले भने, ‘कुन सभामा कति सुरक्षाकर्मी खटाउने विषय नीतिगत हो । यो गृह मन्त्रालयले तय गर्छ । त्यसैअनुसार हामीले खटाउने हो । प्रतिनिधिसभा र राष्ट्रिय सभाका लागि भने केन्द्रबाटै खटिनेछन् ।’

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads