Loading...
मानव तस्करी र गुण्डागर्दी गर्नेलाई कार्बाही गर्न अपिल सहित ( प्रेस बिज्ञप्ति )




नेपाली जनप्रगतिशिल मन्च दोहा कतार स्थापनाकाल देखि नै समाजमा घटदै आएको अपराधिक मानसिकता बोकेर समाजमा कुकृत्य , सामाजिक मूल्य र मान्यता बिपरित जघन्य अपराध गर्ने मानबताको नाममा कंलकितहरुको पर्दाफास र सजाय दिन हरहमेशा लागिरहेको छौ ।

नेपालि समाजलाई ब्यबस्थित र श्रब्य समाज निर्माण गर्न खोज्दा आफ्नो निजि र घटिया स्वार्थको निम्ति हुल दंगा र गुण्डागर्दि अनि दादागिरी शैलि अपनाइ मानव रुपि दानव बिरुद्ध हामी सदैब लडिरहने प्रतिबद्धता र ऐक्यबद्धता जनाइ रहने छौं।

लामो समय देखि कुवेतमा मानव तस्कर र नेपाली महिलाहरुलाई अबैधानिक बाटो प्रयोग गरि नेपालको श्रम ऐनकानुनलाई चुनौती दिदै, नेपाली महिलाहरुलाइ कुवेत लगि शारिरिक र मानसिक यातना दिदै आएको कुरा मिडियामा सार्बजनिक हुदै आएको हामिले नियाली रहेका थियौ ।

नेपाली जनप्रगतिशिल मन्च कुवेतका  अध्यक्ष दावा ठोकर तामाङ मानब तस्करी र दलालहरुको बिचमा लडिरहदा तिनको ब्यबशाय र उनी माथी निरन्तर धावा बोली रहदा असहैय भएर उहाले चलाएको गाडिमा तिनका भरौटेहरुले अपहरणको शैलिमा मदिराहरु गाडिमा राखी पुलिस र निज ब्यक्तिहरुको संलग्नतामा नेपाल डिपोट गरेको घटना सार्बजनिक भएको सेलाउन नपाउदै , राज्यको चौथो अंग नेपाल पत्रकार नेपाल महासंघको अध्यक्ष माथी निर्घात र संघातिक हमला गरि घाइते बनाएकोमा हाम्रो संगठन घोर भतर्स्ना गर्दछ ।

 नेपाल राज्यले गैर आबशिय नेपाली संघलाई प्रबासमा कार्यरत नेपालीहरुलाइ नेपालिहरुको साझा संस्थाको रुपमा मान्यता दिदै आएको सन्दर्भमा निज अर्जुन तामाङ लगाएत उक्त घटनामा संलग्न एन आर एन कुवेतकै मानव तस्कर तथा  कथित ब्यबशायिहरु र पत्रकार महासंघ कुवेत कै सदस्य समेत रहेका मानसिक सन्तुलन गुमाएका ब्यक्तिहरुलाई नेपाल सरकारले नेपाल फिर्ता बोलाएर "मानव तस्करी र गुण्डागर्दी "गरेको अभियोगमा हदै सम्मको कार्बाही गरी आजिबन जेल सजायको जोडदार माग हाम्रो संगठनले नेपाल सरकार संग अपिल गर्दछौ ।

हामी अन्तरास्ट्रिय गैर आबशिय नेपाली सघ समन्वय परिषदलाई पनि हार्दिक अपिल गर्न चाहान्छौ । मानव तस्कर , गुण्डा र ठग दलालको भ्रममा नपरी यथाशिघ्र निज ब्यक्तिहरुलाइ नैतिकताको आधारमा उक्त संस्थाले  कारबाही गरियोस ।

आदरणिय श्रमजिबी मजदुरहरु र मजदुरका आफन्त जन र परिवारहरुलाई हाम्रो संगठनले हार्दिकताका साथ यो विशेष अपिल गर्दछौ ।यदि  प्रबासमा रहदा अप्ठेरो परेको खण्डमा सम्बन्धि देशमा रहेको नेपाली जनप्रगतिशिल मन्चमा तपाइहरुको समस्या र पिडालाई जानकारी गराउन पनि अपिल गर्दछौं । अहिलेको युग बिकाश र प्राबिधिकको युग हो तपाईं जुन देशमा रहेको छ फेसबुकमा nepali janapragatishila manch अनि उक्त देशको नाम राखेर सर्च गर्न सक्नु हुनेछ ।  यहाको साथ सहयोग र समर्थन भएमा समाजमा देखिएको बिसंगती र बिकृतिहरुलाइ निरुत्साहित गर्न हामी सदैब तत्पर छौं ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads