Loading...
पद्मावतले कमाइसक्यो ५४० करोड भारु

 विवादास्पद फिल्म पद्मावतले भारत तथा विदेशको बक्स अफिसमा हंगामा मच्चाइरहेको छ । फिल्मले विश्वभरिबाट ५४० करोड भारु कमाइसकेको छ । 

यसै अवसरमा फिल्मको पूरा टीमले फागुन १२ गते सफलताको उत्सव मनाउने भएको छ । पार्टीमा लगभग १५० पाहुना आउनेछन् । पार्टीको भेन्यु पनि विशेष हुनेछ र यसको खुलासा अहिलेसम्म गरिएको छैन । 

खुशीको अवसरमा निर्देशक सञ्जय लीला भन्सालीले पद्मावत आफ्नो लागि विशेष फिल्म भएको प्रतिक्रिया दिए । उनले भने, ‘यो फिल्म मेरो मुटुनजिक छ । म भारतीइ परम्परालाई संसारभरि देखाउन चाहन्छु । दर्शकहरूले फिल्मको सराहना गर्नु नै यसको ठूलो सफलता हो ।’

खबरहरूका अनुसार, सक्सेस पार्टीमा शाहिद कपूर बिजी शेड्युलका कारण नजाने भएका छन् । त्यसो त शाहिद र रणवीर सिंहबीच शीतयुद्ध चलिरहेको खबर पनि छ ।

संसारभरिबाट ५०० करोड भारु कमाउने भारतको नवौं फिल्म भएको छ पद्मावत । 

एजेन्सी

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads