Loading...
देउवा सरकारले पठाएकाे मनाेनीत नाम फिर्ता गरेर नयाँ पठाउने

काठमाडाै । सरकारले राष्ट्रिय सभा सदस्यका लागि मनोनीत गर्न देउवा सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको तीनजनाको नाम फिर्ता लिने भएको छ ।
अाजकाे नयाँ पत्रिकामा खबर छ- सरकारका एक मन्त्रीले यसअघि सिफारिस गरिएको नाम फिर्ता लिएर नयाँ नाम पठाउने बताएका हुन् ।
संविधानले राष्ट्रिय सभामा तीनजना सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था गरेको छ । अघिल्लो सरकारले कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
उनीहरूको नाम फिर्ता लिएर नयाँ नाम पठाउने सरकारले तयारी गरेको छ । स्रोतका अनुसार राष्ट्रपतिले मनोनीत गर्ने तीनजना सदस्यमध्ये दुई एमाले र एक माओवादी केन्द्रले पठाउने वाम गठबन्धनबीच समझदारी भएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads