Loading...
पार्टी एकता नहुनुको कारण वामदेवले गरे यस्तो खुलासा

 नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले तत्काल पार्टी एकता हुन नसकेको कारण गोप्य राखेका छन् । गौतमले के कारणले पार्टी एकता अल्झिएको हो भन्ने चाँही खोल्न चाहेका छैनन् ।








आइतबार प्रेस चौतारीको स्थापना दिवसको अवसरमा उपाध्यक्ष गौतमले पार्टी एकतामा समस्य देखिएकाले समयमा पार्टी एकता हुन नसकेको बताए । उनले पार्टी एकतामा समस्या नभए यत्रोसमय अड्किनेनै थिएन भन्दै एकतामा देखिएका बाधक तत्वलाई गोप्य राखेका छन् ।
‘पार्टी एकतामा केही समस्या छन्, तर अहिले ती समस्याका बारे म केही भन्दिन’ गौतमले भने, ‘समस्या नै नभएको भए पार्टी एकता पहिल्यै भैसक्थ्यो ।’ उनले आफूहरु समस्या समाधानमा लागिपरेको पनि बताए ।
पार्टी एकता पार्टी एकता एउटा पार्टी अर्कोमा गाभिनका लागि नभएको बताउँदै गौतमले एकतामा कुनै तलमाथ भए सबभन्दा ठूलो पार्टी भएको, ईतिहास भएको पार्टीका नाताले सबभन्दा ठूलो आलोचना एमालेकै हुने दावीपनि गौतमले गरे ।
माओवादी र एमालेको एकता हुनेमा पूर्ण विश्वस्त रहेका गौतमले एकता नभए त्यो भन्दा ठूलो दुर्घटना नेपालको कम्युनिस्ट आन्दोलनमा अर्को हुन नसक्ने ठोकुवा गरे । भने, त्यसपछि जति मेहनत गरेपनि कम्युनिष्ट आन्दोलन माथि उठ्न सक्छ कि सक्दैन, भन्न सकिँदैन ।’
संसारका कम्युनिस्टहरुको ध्यान अहिले नेपालको कम्युनिस्ट आन्दोलनप्रति रहेको बताउँदै उनले नेपालको परिस्थिति माक्र्स, लेनिन, माओ र पुस्पलालले भनेको ठाउँमा नरहेको बताए । थपे, ‘हामी अहिले मदन भण्डारीले भनेको जबजमा पनि छैनौं, बरुनयाँ ठाउँमा छौं ।’
काठमाडौं टुडेबाट 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads