Loading...
जीवन भरी माओवादी बन्ने गरि लागे



तुला गिरी

आफु(म)लाई ५२ हैन ५५ तिरबाट लागेको थियो जनयुद्ध राम्रो लागेको थियो जीवन भरी माओवादी बन्ने गरि लाग्यो ।  कहिले स्वदेशमै लाग्यो कहिले विदेशमै , जिवनमा धेरै कुरोहरु सिक्ने र अगाडि बढ्ने एउटा आधार बन्यो समाजको अध्यन गर्ने आधार बन्यो । धेरै ठुला र महान दर्शनको अध्यन गरेर प्रेरित भएको भन्दा पनि नेपालमा सामाजिक चरम असमानता नै थियो जसको मुख्य जिम्मेवार शासन ब्यवस्था र शासकनै थिए। अहिलेको समयमा आउदा शासकहरुमा केही अदली बदली सानो उपलब्धि ठान्दछु र राज्य ब्यवस्था परिवर्तन हुनु ठूलो उपलब्धि ठान्दछु त्यसैले म आफुले लिएको बाटो राजनीतिक लाइन हिडिरहदा पछुतो छैन । त्यसैल फाल्गुन २ , २०५२ वि.स.मेरो लागि पनि एउटा गौरव पुर्ण ईतिहास रचना गर्ने दिनको रुपमा निकै महत्त्व राख्ने दिन पर्दछ । 

जनयुद्धमा होमिएर र यसैको उद्देश्य पुर्तिका लागि आफ्नो जिवनको आभुती दिने सम्पुर्ण सहिद , सहिद परिवार ,घाईते आपाङ , बेपत्ता - बेपत्ता परिवार , अहिले अयोग्य लडाकुको पगरी गुथेर पसेका जनसेनाका सहयोद्धाहरु, जीवन र मरणको लुकामारी खेल्दै समाज बदल्ने सपना बोकि बारुद शीत रमाएका लालसेनाहरु, लाल सेना र माओवादी स्याहार सुसार गर्दा सेनाका बुट , टाउको माथी खेप्ने नेपाली बिरहरु, समग्र माओवादी अभियानमा लाम वद्द्द भएर लागिरहने स्वदेश तथा बिदेशमा रहनु हुने कमरेडहरु , शान्ति प्रक्रियामा आइसके पश्चात् पनि निर्वाचन द्वारा जोडिनु हुने सबै अभियान कर्ताहरुमा मेरो हार्दिक सम्मान छ, मिठो सम्झना छ । सबैमा लाल अभिवादन ।

पेरिस डांडा सिंगारिए जसरी गाउँ, टोल , झुपडी बस्ती , सुकुम्बासी बस्ती दलित बस्ती , सबै तिर खुशी साट्ने अवसर बनाउन तिर सबैको ध्यान आकर्षण गरौं, त्यस दिशा तर्फ अबको संघिय गणतान्त्रिक नेपाललाई सम्बृद्ध र समानता मुलक समाज निर्माणको अभियानमा जुटौं ।

गिरि जनप्रगतिशिल मञ्च ओमनका सल्लाहकार हुनुहुन्छ ।


0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads