Loading...
सिफारिस फिर्ता लिन मिल्दैन: देउवा

काठमाडाै । अघिल्लो सरकारले गरेको निर्णय उल्ट्याए कांग्रेस सत्तामा आएपछि वर्तमान सरकारले गरेका निर्णयमा पनि पुनर्विचार गर्न बाध्य हुने रणनीति तय गर्ने भित्री योजनामा कांग्रेस छ ।
अाजकाे नयाँ पत्रिकामा खबर छ- ‘कांग्रेस अब कहिल्यै सत्तामा नआउने पार्टी होइन, एकपटक निर्वाचनबाट केही खुम्चियो भन्दैमा सधैँ सत्ताबाहिर पक्कै रहँदैन,’ थापाले भने, ‘संविधान ऐन र कानुनअनुरूपका निर्णयको जस–अपजस कांग्रेसले लिन्छ । सत्तामा नरहे पनि संसद्मा त हुन्छ, जनतामाझमा हाम्रो उपस्थिति बलियै छ ।’
सरकारलाई सहयोग गर्ने कि विरोध गर्ने भन्ने विषय उसको क्रियाकलापमा भर पर्ने कांग्रेसको भनाइ छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यदि अहिलेको सरकार मनपरी ढंगले अघि बढे ‘टिट फर ट्रयाट’को रणनीतिमा कांग्रेस अघि बढ्ने बताए । ‘गिरिजाप्रसाद कोइरालाको जीवनीका विषयमा दुईवटा किताब निस्किएका छन्, भोलुम १ र २ ।
भोलुम १ मा उहाँ एकलौटी ढंगले अघि बढेकाले सोचेजति सफलता हात पार्न नसकेको उल्लेख छ । भोलुम २ मा अन्य दलसँगको सहमतिमा अघि बढेपछि २४० वर्षे राजसंस्थासमेत फालेर गणतन्त्र ल्याउने नेतृत्व गरेको उल्लेख छ,’ शर्माले भने, ‘प्रधानमन्त्री केपी ओली भोलुम १ अन्तर्गत अघि बढ्नुहुन्छ कि २ अनुरूप, त्यो उहाँमा भर पर्छ ।
कांग्रेस उहाँको कार्यशैली हेरेर बसेको छ ।’ अघिल्लो सरकारका निर्णय वर्तमान सरकारले उल्ट्याए संसद्मा सशक्त आवाज उठाउने र ती एजेन्डालाई जनतासमक्ष बहसमा लैजाने तयारी कांग्रेसको छ ।
सिफारिस फिर्ता लिन नमिल्ने तर्क
निवर्तमान कानुनमन्त्री थापाले अघिल्लो सरकारले राष्ट्रिय सभा सदस्यका लागि मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको तीनजनाको नाम फिर्ता लिने तयारीको विरोध गरे । राष्ट्रपति राष्ट्रको अभिभावक भएकाले अनुकूल र प्रतिकूल हेरेर निर्णय लिन नहुने उनको भनाइ छ । ‘राष्ट्रपति भनेको राष्ट्रको अभिभावक हो ।
उहाँले कानुनसम्मत कार्यकारी निकायले गरेको सिफारिस स्वीकृत गर्नुपर्छ, जुन विश्वव्यापी परम्परा हो,’ थापाले भने, ‘मुलुकको अभिभावकले पनि राजनीतिक ब्याकराउन्ड हेरेर आफ्नो अनुकूल र प्रतिकूलताका आधारमा कार्यकारी निकायले कानुनसम्मत निर्णय गरी पठाएका विषय कुनै स्वीकृत गर्ने, कुनै फिर्ता पठाउने गर्न मिल्दैन ।’ सरकारले नाम फिर्ता लिएर नयाँ पठाए आफूहरू जनतासामु जाने र संसद्मा सशक्त प्रतिवाद गर्ने उनले चेतावनी दिए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads