Loading...
प्राविधिक कुराले एकता रोकिएको हो : प्रचण्ड

 माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा नै एमालेसँग पार्टी एकता हुने बताएका छन् । 
सिन्धुलीमा कृषि तथा वन विज्ञान विश्व विद्यालयको कृषि संकाय तर्फको दोस्रो आंगिक क्याम्पसको मरिण गाउँपालिकामा भनव शिलान्या गर्दै दाहालले केही दिन भित्र पार्टी एकता हुने दाबी गरेका हुन् । 
प्रचण्डले दुई पार्टी बीच धेरै कुरा मिलिसकेको भन्दै प्राविधिक कारणले मात्र एकता रोकिएको बताए । 
एमालेसँगको पार्टी एकता तत्कालका लागि टरेको भन्ने समाचारहरु सार्वजनिक भइरहेको बेला प्रचण्डले भने,‘दुई पार्टीबीच नेतृत्व लगायतका धेरै विषयमा कुरा मिलिसकेको छ । केही प्राविधिक कुरा बाँकी छन् अब केही दिनमानै मिल्छ ।’
जनताले ठूलो आशा र भरोसाका साथ वाम गठवन्धनलाई बहुमत दिएको भन्दै प्रचण्डले जनभावना अनुसारको काम वर्तमान गठवन्धनले गर्ने विश्वास दिलाए । 
उनले अनुसन्धानसहितको कृषि तथा अनुसन्धान केन्द्रको स्थापनालाई ओली नेतृत्वको सरकारले प्राथमिकतामा राख्नुपर्ने र त्यसका लागि आफूले सुझाव दिने उल्लेख गरे । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads