Loading...
‘स्कोप भएको विषयमा विद्यार्थीको आर्कषण कम’

प्राविधिक शिक्षामा भविस्य सुन्दर रहेपनि प्रयाप्त जानकारीको अभावमा विद्यार्थीको आर्कषण र चासो न्यून रहेको म्याग्दीमा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् ।
रोजगार र आर्कषक तलबको ‘स्कोप’ भएको जूनियर कम्यूटर टेक्नोलोजीको कक्षा सञ्चालन गरिरहेको ग्राफिस कम्प्यूटर सेन्टरको प्रथम बाषिकोत्सव तथा अभिभावक दिवसको अवसरमा प्राविधिक शिक्षा अन्र्तरगत सिएमए, कृषि जेटिए, स्टाप नर्स पढ्ने विद्यार्थीको संख्या धेरै भएपनि सहजै रोजगारको अवसर रहेको कम्यूटर टेक्नोलोजी विषयमा क्षमता भन्दा आधा पनि विद्यार्थी पाउन मुस्किल रहेको बताइएको थियो ।
दिवस तथा पुरस्कार वितरण कार्यक्रमको प्रमुख अतिथि म्याग्दी उद्योग वाणिज्य संघ म्याग्दीका द्धितिय उपाध्यक्ष राजेश शाक्यले प्राविधिक शिक्षामा दक्ष जनशक्तीलाई अवसर नै अवसर भएको बताउँदै प्राविधिक विषयलाई रोज्न अनुरोध गरे। ‘आधारभुत तहमै प्राविधिक विषयको बहस चलिरहेको छ । प्राविधिक क्षेत्रमा धेरै विषय छन्’ शाक्यले भने ।
उनका अनुसार दैनिक जीवनमा आवश्यक प्राविधिको प्रयोगमा समेत बजारमा अत्याधिक जनशक्तीको माग रहेकाले जिल्लामा सञ्चालित प्राविधिक विषयका बारेमा स्थानीय तहमाकार्यक्रम गरी जनचेतना फैलाउनुपर्ने बताए । घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीका अध्यक्ष लिलाराम गौतमले एसईई उत्र्तिणा गरेपछि विद्यार्थीलाई प्राविधिक विषयमा बारेमा जानकारी नहुदाँ समेत समस्या भएको बताए ।उच्च शिक्षाका लागि नेपाल बाहिर जाने फेसनले समेत देशभित्र संचालनमा रहेका प्राविधिक कक्षाहरूमा न्यून विद्यार्थी भएको उनको भनाई छ ।
म्याग्दी जेसीज एवम् म्याग्दी इन्जिनिर्यस संघका अध्यक्ष कमल विश्वकर्माले नेपालमा प्राविधिक शिक्षा लिएर विश्वभर आर्कषक रोजगारी पाउन सकिने बताए ।उनले नेपाल सरकारले हरेक स्थानीय तहमा प्राविधिक शिक्षालयको स्थापनालाई प्राथमिकता दिएको बताउँदै दक्ष विद्यार्थीले रोजगार सहित आफ्नै कम्पनी समेत सञ्चालन गर्न सकिने बताए।
अभिभावक दिवस तथा विविध खेलकुद प्रतियोगितामा विजय भएका खेलाडीलाई सम्मान गरिएको कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, माउण्ट एभरेष्ट आवासीय माविका संस्थापक राजु केसी, लोकदोहोरी प्रतिष्ठान म्याग्दीका नकुल ढकाल लगाएतले मन्तब्य राखेका थिए ।
गत बर्ष अनुमति प्राप्त गरी सञ्चालनमा रहेको सेन्टरमा ४० जनाको क्षमता रहेपनि २३ जना अध्ययरत रहेको सेन्टरका प्रधानध्यापक सुवास थापाले बताए । सेन्टरका अध्यक्ष धुब्र जिसीले जिल्लाका नीजी तथा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षको महत्वका बारेमा जानकारी गराउने बताए । जिल्लाको मालिका गाउँपालिकाको विममा समेत कृषि जेटिए सञ्चालनमा रहेको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads