Loading...
मनमाेहन अधिकारीले शिलान्यास गरेकाे सडक २३ वर्षपछि कालाेपत्रे सकिँदै

काठमाडाैं । अछाम–बाजुराको सदरमुकाम जोड्ने सडकको शिलान्यास २०५२ सालमा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले गरेका थिए । सो सडकको निर्माण कार्य धिमा गतिमा भइरहेकाे थियाे । अछामको साँफेबगर र बाजुराको सदरमुकाम मार्तडी जोड्ने मुख्य सडकखण्डकोे काम २३ वर्षपछि मात्र अन्तिम चरणमा पुगेको छ । कछुवाको गतिमा निर्माण भएको सो पक्की सडक सदरमुकाम मार्तडीसम्म पुग्नेछ ।
अाजको नयाँ पत्रिकामा खबर छ-बाजुरा प्रदेश ७ कै पक्की सडक सञ्जालले नजोडिएको जिल्ला पनि हो । २२ वर्षअघि साँफे–मार्तडी सडकखण्डको काम अन्तिम चरणमा पुगेपछि स्थानीय निकै उत्साहित भएका छन् । कच्ची सडकमा जोखिमपूर्ण यात्रा गराउँदै आएका चालकहरू पनि पक्की सडक बनेपछि निकै उत्साहित बनेका छन् ।
अछामको साँफेबगरदेखि मार्तडीसम्मको ५७ किलोमिटर सडकखण्ड मध्ये २९ किलोमिटर सडक ५ वर्षअघि नै कालोपत्रे भएको थियो । बार्जुगाढदेखि मार्तडीसम्मको २८ किलोमिटर सडक निर्माणका लागि भारतीय एक्जिम बैंकको ६८ करोडको ऋणमा ०७४ असारभित्र काम पूरा गर्ने सर्तमा ठेक्का सम्झौता भएको थियो ।
०७१ जेठमा निर्माणको जिम्मा पाएको पियस कन्स्ट्रक्सनले बार्जुगाढदेखि मार्तडीसम्मको सडक म्याद थपेर ०७५ जेठभित्र पूरा गर्ने गरी कामलाई तीव्रता दिएको छ । पियस कन्स्ट्क्सनका सह–इन्चार्ज प्रेम थापाले अब एक महिना भित्रै काम सकिने बताए ।
यता ७० वर्ष काल्चे दमाइले सडक सदरमुकाम पुग्ने भए पछि उत्सहित हुँदै नयाँ पत्रिकासँग भने,‘ म निकै खुसी भएको छु । मर्ने बेलामा गाडी चड्ने सपना पुरा हुनेभयो ।’

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads