Loading...
यस्तो जिज्ञासा राखिन सुष्मा स्वराजले प्रचण्डलार्इ

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भारतीय विदेशमन्त्री सुष्मा स्वराजले ‘वान टु वान’ वार्ता गरिन् । प्रचण्डसँग पनि होटल सोल्टीमै निर्वाचनमा वाम गठबन्धनले जितेकोमा उनले बधाई दिइन् ।
अाजको नयाँ पत्रिकामा खबर छ-ओली र प्रचण्डसँगको भेटमा सुष्माको चासो दुई पार्टीबीचको एकतामा पनि थियो । तर उनले आफूहरु अब सहकार्य गरेर अघि बढ्न तयार रहेको सन्देश प्रचण्डलाई पनि दिइन् । चुनावपछिको नेपालको परिस्थिति र नयाँ सरकार गठनबारेमा प्रचण्डको भेटमा उनले चासो राखेकी थिइन् ।
वर्तमान परिस्थितिमा नेपालको राजनीति कसरी अगाडि बढ्छ भन्ने विषयमा समेत उनले चासो दिइन् । भारतीय अर्थमन्त्री अरुण जेट्लीले नयाँ बजेटमार्फत नेपालको सहयोग ७० प्रतिशतले बढाएको घोषणा गरेको भोलिपल्ट नेपालको स्थायित्व र विकासका लागि सहयोग गर्न भारत तयार रहेको आश्वासन उनले दिइन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads