Loading...
दुइटा मञ्चको एकता प्रकृयामा खासै जटिलता देखिदैन : सोमकृष्ण श्रेष्ठ

 सोमकृष्ण श्रेष्ठ
अोमानमा कम्पनी, मालिक या अन्य ब्यक्तिहरू मार्फत हिंसा या यातनाहरू भोग्दै अाएका र न्यूनतम  सेवा सुविधाहरूबाट पनि बञ्चित गराईएका पीडित नेपालीहरूको अावाजलाई नेपाली दुतावास या सम्वन्धित निकायहरू समक्ष पुर्याउँदै तत्काल उद्दार कार्यमा जुट्ने छौं । प्रवासी नेपाली मञ्च ओमनका नव निर्वाचित  अध्यक्ष  सोमकृष्ण श्रेष्ठ   संग संगठन र ओमनमा रहेका नेपालीहरुको समस्याको बारेमा  इरुप्से ड्ट्कमको लागि पूर्ण विक (पहाडीले ) गरेको कुराकानीको यहाँ प्रस्तुत छ ।



स्वागत छ यहाँलाई अनलाइन समाचार इरुप्से ड्ट्कमा ?

धन्यवाद पूर्ण जी ।

अहिले भर्खरै सम्पन्न भएको प्रवासी नेपाली मञ्च को महाधिवेशन बाट अध्यक्षमा  निर्वाचित हुनुभएको छ, (बधाई छ यहाँलाई ) कस्तो महसुस गर्नु भएको छ ?


बधाई दिनु भयो त्यस्को लागि फेरि पनि धन्यवाद । गौरवशाली पार्टी नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च अोमान राष्ट्रिय कमिटीको अध्यक्ष पदमा निर्वाचित भए पछि थप कार्यभार सहितको जिम्मेवारी  बढेको महसुस भएको छ । यति नै बेला सबैको बधाई तथा शुभकामनाहरू पाई रहँदा अलि हर्षको महसुस भई रहेको छ ।

पार्टी अब छिट्टैनै एकता हुने कुरा केन्द्रिय नेतृत्वले प्रक्रिया अगाडि बढाउन लागेको अवस्थामा यहाँ रहेका भातृ संगठनको एकता कत्तिको महत्त्वपूर्ण देख्नु हुन्छ ?

पक्कै पनि पूर्ण जी । नेपालमा दुई ठूला कम्यूनिष्ट पार्टी नेकपा एमाले र माववादी केन्द्र एकिकरण हुने कुराले हामीहरू अत्यन्त खुसी भई रहेका छौं । नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको सात दशक पछि अाज देश कम्यूनिष्टमय हुँदै झण्डै दुई तिहाई बहुमत सहित सरकार निर्माण हुने क्रममा छ । कम्यूनिष्ट शक्तीहरू एक नभए सम्म नेपालमा कुनै पनि विकाश निर्माण र जनताका हक अधिकारहरू स्थापना हुनै नसक्ने निचोडका साथ हुन लागेको य‍ी दुई ठूला कम्यूनिष्ट पार्टीहरूको एकतामा थप सकरात्मक नै छ दवावको  हिसावले पनि  हामी प्रवासका नेकपा एमाले तथा माओवादी केन्द्र प्रवास संगठनहरू एक हुनुले ठूलै महत्व राख्दछ । 

हुदै गरेको पार्टी एकता संगै ओमनमा रहेको दुइ भातृ संगठनको एकता प्रक्रिया कसरी अगाडि बढाउने योजना छ ?

एकता प्रकृया भने अापसी समझ्दारी, अन्य देशहरूमा भएको अभ्यास र पार्टि केन्द्रले दिएक‍ो नम्स अनुसार नै अघि बढ्ने छौं  ।

एकताको लागि दुई भातृ संगठन बिच छलफल कस्तो रहेको छ ?

केन्द्रिय स्तरमा पार्टी एकिकरणको कुरा चले देखि नै हामीले यहाँ पनि पटक पटक केहि अनौपचारिक  छलफलहरू गरेका छौं । यसै दौडानमा हामीले संयुक्त प्रेस विज्ञप्ती मार्फत पनि पार्टी एकताको पहल र प्रकृयामा सहयोग पुग्ने गरि अगाडी बढि सकेका छौं । पछिल्लो समयमा हाम्रो दोश्रो अधिवेशनको तयारीले हामी ब्यस्त हुन पुग्दा अलिकति यस विषयमा छलफल कार्यलाई  अगाडी बढाउन सकि रहेका थिएनौ । अव निकट भविष्यमै अौपचारिक छलफलमा जुट्ने नै छौं ।


एमाले र माओवादी केन्द्रका  निकट  भातृ संगठन यहाँ निकै शक्तिसाली छन । एकता भएमा संगठनको जिम्मेवारी मिलान अलि समस्या हुने देखिन्छ नि ?

एकता प्रकृया जहाँ जटिल हुन्छ त्यँहा पद प्रमुख हुन्छ । तर जहाँ सम्म लाग्छ अोमानको हकमा यो जटिलता देखिने छैन । किन भने अन्य देशको तुलनामा थोरै मात्र नेपाली भएको र संस्था हाँक्न पनि प्रतिस्पर्धाहरू त्यति भएको पाँईदैन र फेरि त्यो भन्दा पनि केन्द्रमा पार्टी एकिकरण भए पछि कुनै न कुनै एकता प्रकृयाको निर्देशिका सर्कुलर पनि हुने नै छ त्यसैले खासै जटिलता या समस्याहरू होलान् भन्ने मैले सोचेको छैन ।


यहाँ कार्यरत नेपाली मजदुरको अवस्था कस्तो देख्नु हुन्छ ?

समग्रमा अन्य देशको तुलनामा हेर्नु पर्दा प्रवास ओमानमा रहेका नेपाली मजदुरहरूको अबस्था सामान्य र ठिकै अवस्थामा  छ भन्नु पर्छ । यद्यपी पछिल्लो समय अलि बढि नै नेपाली मजदुरहरू  समस्यामा परेका घटनाहरू भने बाहिर अाएका छन् । सरकारी निति नियम भन्दा बाहिर या सेटिङ् द्वारा अोमान पुगेका नेपालीहरू अझ भन्नु पर्दा महिला मजदुर हरू कुनै न कुनै हिसाबमा पीडित बन्न पुगेका छन् ।


अबको दिनमा यहाँ रहेको समस्यालाई समाधान गर्न कसरी अगाडि बढ्ने योजना बनाउनु भएको छ ?

अोमानी रियाल ६० देखि ३००० रियाल भन्दा माथि मासिक अाम्दानी गर्ने नेपालीहरू रहेको यस मुलुकमा घरेलु कामदारहरूले भने अधिकांशले ६० रियाल  देखि १२० रियाल सम्म मात्र मासिक तलब पाउने गर्छन् । यस भन्दा वाहेक विभिन्न सेवा सुविधाहरू पनि नपाएका घरेलु कामदारहरू कुनै न कुन‌ै हिसावमा पीडामा परेका छन्  तसर्थ यहाँले भनेको जस्तै घरेलु कामदाहरूको अवस्था नाजुक नै छ भन्दा पनि फरक पर्दैन  ।

अबको दिनमा यहाँ रहेको समस्यालाई समाधान गर्न कसरी अगाडि बढ्ने योजना बनाउनु भएको छ ?

अोमानमा नेपालीहरू समस्यामा परेका छन् तर यसका धेरै कारणहरू छन् । ती मध्य पहिलो कारण भनेको सेटिङ्मा किर्ते कागज बनाई दलालहरू मार्फत यहाँ अाउनु हो । तसर्थ यस्तो प्रकृया तत्काल वन्द गराउन सरकारलाई कडा रूपमा उत्रिनको निम्ति दवाब दिने छौं । दोश्रो भनेको अोमानमा कम्पनी, मालिक या अन्य ब्यक्तिहरू मार्फत हिंसा या यातनाहरू भोग्दै अाएका र न्यूनतम  सेवा सुविधाहरूबाट पनि बञ्चित गराईएका पीडित नेपालीहरूको अावाजलाई नेपाली दुतावास या सम्वन्धित निकायहरू समक्ष पुर्याउँदै तत्काल उद्दार कार्यमा जुट्ने छौं । तेस्रोमा भन्नु पर्दा नेपाल सरकारको गलत निर्णयकै कारण पनि विशेष गरी घरेलु कामदारका रूपमा रहेका महिलाहरू पीडामा परेका छन् । यताबाट नेपाली दुताबासले सुरक्षा धरौटीको नाममा ४०० रियाल लिने गर्छ भने उता नेपाल छुट्टी गएर फर्किनु पर्दा महिलाहरू खाडी मुलुकमा छिर्नै नदिने नाममा श्रम नै नगरि दिने  सरकारको यो गलत नितिले हजारौं घरेलु महिला कामदारहरू दोहोरो मार खेप्द‌ै पीडित बन्न पुगेका छन् र छुट्टी गएकाहरू काममा फर्कन पाएका छैनन् भने यहाँ कार्यरत महिलाहरू पनि वर्षौं देखि फर्किन नपाउने डरले छुट्टी नै जान सकि रहेका छैनन् । अाफूले काम गरि रहेको घर या काम राम्रै भएर त महिलाहरू फर्किन चाहन्छन् होईन र ? खाडीमा केहि महिलाहरूलाई समस्या पर्यो भन्ने विनिकै सबै महिलाहरूलाई त समस्या परेको हुँदैन नि होईन र  पूर्ण जी ? अब हचुवाको भरमा सरकारले यस्तो अव्यवहारिक निर्णय गर्न मिल्छ र ?  तसर्थ सरकारको यो गलत निर्णयरू तत्काल सच्याउनको निम्ति हामीले दवाव मुलक कार्यक्रमहरू पनि अघि सार्ने छौं ।

अन्त्यमा ओमनमा कार्यरत  नेपाली समुदायलाई के भन्न चाहानु हुन्छ ?

प्रवासी नेपाली मञ्च अोमान सदैव प्रवास अोमानमा रहेका हरेक नेपालीहरूको दुःख सुखमा रहने भएकोले कुन‌ै पनि बेला हामीहरूलाई सम्झिनु होला भन्न चाहन्छु । 
र  समस्या केहि अरूबाट निम्तिन्छ भने धेरै जसो समस्याहरू त अाफ्नै गलत निर्णय, अल्पज्ञान, गलत कदम, कुलत अर्थात गलत सोचका कारण निम्तिने गर्दछन् । तसर्थ अोमानको निति नियमको पनि ख्याल गर्दै गलत कृयाक्लापहरूमा सहभागि नहुनु र अाफ्नो घरको दुःख सम्झी अाफ्नो उद्देयलाई नभुल्दै लगनशिल र ईमान्दारी बन्दै सँधै अघि बढ्नु होला भन्न चाहन्छु र अन्त्यमा यहाँले मलाई अाफ्नो  इरूप्से डटकम अनलाई पत्रिकामा केही अाफ्नो बिचारहरू राख्ने अवसर दिलाउनु भएकोमा हार्दिक अाभार प्रकट गर्न चाहन्छु । धन्यवाद

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads