Loading...
एमाले, माओवादीमा यि हुन मन्त्रीका आकांक्षी, कसले मार्ला बाजी ?

 प्रधानमन्त्री ओली र दाहालबीच १९ सदस्यीय मन्त्रिमण्डल बनाउने विषयमा करिब–करिब समझदारी जुटेको छ। ओली–दाहालबीच बुधबार बालुवाटारमा भएको वार्तामा पनि मन्त्रालय संख्या र भागबन्डाका विषयमा कुराकानी भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। त्यसलगत्तै दुवै नेताले राष्ट्रपतिसँग पनि संवाद गरेका थिए।
माओवादीभित्र मन्त्री बन्ने आकांक्षीको सूची लामै छ। आकांक्षीको सूची बढ्ने मात्र होइन, सरकारमा पठाउन खोजिएका नेताहरूले पार्टीको भागमा पर्ने प्रभावशाली मन्त्रालयमै मात्रै आँखा लगाउन थालेका कारण पनि मन्त्रीहरूको विषयमा माओवादी टुंगोमा पुग्न सकेको छैन।
एमालेका दुई र माओवादीका दुई जना राखेर ओलीले बुधबार दोस्रो चरणमा मन्त्रिमण्डल विस्तार गर्ने चर्चा चलेपछि बिहानै आकांक्षीहरू दाहालनिवास खुमलटार पुगेका थिए। एक्कासि नेताहरू ओइरिएपछि उनले सरकारमा सहभागिताका विषयमा अनौपचारिक छलफल गरेका थिए। छलफलक्रममा दाहालले सरकारको नेतृत्व पार्टीका तर्फबाट रामबहादुर थापाले गर्ने संकेत गरेका थिए।
आकांक्षी को को ?
एमालेः ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, भीम रावल, सुरेन्द्र पाण्डे, छविलाल विश्वकर्मा, रवीन्द्र अधिकारी, भानुभक्त ढकाल, प्रेम आले, रघुवीर महासेठ, लीलानाथ श्रेष्ठ।
माओवादीः रामबहादुर थापा, वर्षमान पुन, अग्नि सापकोटा, जनार्दन शर्मा, पम्फा भुसाल, मातृका यादव, देव गुरुङ, हितबहादुर तामाङ, देवेन्द्र पौडेल, चक्रपाणि खनाल, शक्ति बस्नेत, लेखराज भट्ट, शशि श्रेष्ठ, जयपुरी घर्ती, सुरेश राई, राम कार्की। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads