Loading...
विधान कार्यदलमा: जनार्दन शर्मा

काठमाडाै । दुई अध्यक्षबीच भएका छलफलका आधारमा एकता संयोजन समितिको बैठक नेतृत्व, नीति र सरकारका विषयमा एउटा निष्कर्षमा पुगेको छ । त्यसैका आधारमा हस्ताक्षर भएको छ ।
अाजकाे नयाँ पत्रिकामा खबर छ- एकीकरणलाई मूर्त बनाउन संगठनात्मक विषय मिलाउन र अन्तरिम विधान तयार पार्न कार्यदल बन्दै छन् । यी गृहकार्यका लागि भोलि (मंगलबार)देखि नै काम गर्न सुरु हुन्छ । त्यसैले अहिले पार्टी एकताको घोषणाका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
बालुवाटारमा भएको बैठकमा सरकारमा कुन कुन मन्त्रालय लिने भन्ने विषयमा छलफल भएन । अब दुई पार्टी एक हुने भएपछि सल्लाह गरेर सरकारमा मन्त्री पठाउँछौँ । सम्भवतः एक साताभित्र माओवादीतर्फबाट मन्त्रीहरू सरकारमा जान्छन् । अहिलेसम्म हेर्दा रामबहादुर थापा बादलको नेतृत्वमा सरकारमा जाने तयारी छ । तर, कुन–कुन नेतालाई मन्त्री बनाउने भन्ने विषयमा छिट्टै टुंगो लगाउँछौँ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads