Loading...
स्वेच्छिक अवकासमा जाने कर्मचारीका लागि करिब १५ अर्ब खर्च

काठमाडाैं । स्वेच्छिक अवकासमा जाने कर्मचारीका लागि करिब १५ अर्ब खर्च हुनसक्ने सामन्य प्रशासन मन्त्रालयले प्रक्षेपन गरेको छ ।
मंगलबारसम्म तथ्यांकअनुसार स्वैच्छिक अवकाशका लागि ४ हजार सात सय ६४ जनाले निवेदन दिएका छन् । म्याद सकिए पनि विवरण संकलन जारी भएकोले अवकाश रोज्नेको संख्या करिब ५ हजार पुग्ने मन्त्रालयको अनुमान छ ।
आजको नयाँ पत्रिकामा खबर छ-यो आधारमा उनीहरुका लागि राज्यले करिब १५ अर्ब खर्च गर्नुपर्नेछ । यो रकम लिएर जानेले पनि सात वर्षपछि नियमित पेन्सन पाउँछन् ।
अवकासमा जान ३ सचिव र १५ सहसचिवले आवेदन दिएका छन् । सचिवमा दुईजना संसद सचिवालयका छन् भने एक भुमिसुधार मन्त्रालयका छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads