Loading...
भ्यालेन्टाइन डेमा यो गित हेर्ने कि?


सन्त भ्यालेन्टाइनको सम्झनमा फेब्रुअरी 14 मा विश्वभर भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस मनाउने गरिन्छ । त्यही भ्लालेन्टाइन डेको अवसरमा एक पटक आम नेपाली नागरिकले यो सालैजो गित हेर्ने कि ? सालैजो नेपाली मौलिक गित हो र यो प्राय म्याग्दी जिल्लाको शेरोफेरोमा गाउने गरिन्छ ।
भारतीय सेनाकाे जागिरबाट सेवा निवृत्त भएपछि गित संगितको क्षेत्रमा लागेका ध्रुव जिसीको गितले अहिले बजारमा राम्रो प्रभाव जमाउदै छ । लोभै लाउने जिउ बोलको गितबाट बजारमा गित ल्याउन थालेका जिसिको सालैजोले बजारमा राम्रै प्रभाव जमाएको छ ।


लोकदोहोरी गायिका नन्द गर्वुजा मगर र जिसीको स्वर रहेको लोक दोहोरी गीत सालैजोको छायाङ्कन बेनी नगरपालिका क्षेत्रमा गरिएको थियो । धवलागिरि गाउँपालिका वडा नं. ५ भेडिखाल्टाकी गायिका गर्वुजा र अहिलेका युवा पुस्तावीच लोेकप्रिय गायक धु्र्व जिसीको आवाजमा रहेको सालैजो बगरफाँटमा छायाङ्कन गरिएको थियो । कस्तुप पन्तको शब्द र संगीत रहेको उक्त गीत माया प्रेममा आधारित रहेको छ । गीतमा लोक संस्कृति झल्काउने खालको शब्दहरु प्रयोग भएको गायिका मगर र जिसीको भनाई छ । उक्त सालैजो गितलाई आम स्रोता, दर्र्शकले मन पराइरहेको गायक गायिका विश्वस्त छन् । मगर समुदायको पुराना संस्कृति झल्किने किसिमका भेषभुषा प्रयोग गरि म्युजिक भिडियो खिचिएको छ ।

बब्बु थापाको निर्देशन रहेको गीतमा बब्बु थापा, परमेश्वर कार्की, हसिना थजाली र रोजिना गर्बुजाको अभिनय रहेको छ । उक्त म्युजिक भिडियोलाई दुर्गा शर्माले खिचेका हुन् ।  भिडियो छायाङ्कनमा नेपाल मगर संघ म्याग्दीले विशेष सहयोग गरेको थियो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads