Loading...
विप्लवलाई प्रचण्डको अपीलः दिवास्वप्नबाट ब्यूँझनुस्, रहरले क्रान्ति हुँदैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रहरले क्रान्ति नहुने भन्दै आफ्ना पूर्वसहकर्मी मोहन बैद्य र विप्लवलाई दिवास्वप्नबाट ब्यूँझन अपी गरेका छन् ।
जनयुद्ध दिवसको अवसरमा वाइसीएल नेपालद्वारा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले शक्तिशाली कम्युनिष्ट केन्द्र बनाउन अभियानमा सहभागी हुन बैद्य र विप्लवलाई अपील गरेका हुन् । उनले रहर र लहडमा क्रान्ति नहुने भन्दै विप्लवलाई दिवास्वप्नबाट ब्यूँएिर एकता प्रक्रियामा आउन अपील गरे ।
जनयुद्ध दिवसको अवसर पारेर वाइसीएलले देशभरका १३ मुख्य शहरमा कार्यक्रमको आयोजना गरेको बताएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads