Loading...
पार्टी एकता संयोजन समितिको बैठक भोली बस्ने

एकतालाई निष्कर्शमा पुर्याउदै सरकार गठनलाई पुर्णता दिने सहमती भएको छ । प्रधानमन्त्री एवंम एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज बिहान करिब ४५ मिनेट भएको भेटवार्तामा सरकार गठनलाई पुर्णता दिने र पार्टी एकताका बाँकी बिषयमा सहमती जुटाउने छलफल भएको हो ।
जिल्ला भ्रमणमा निस्कन लागेका माओवादी अध्यक्ष दाहालले शनिबार बिहान १० बजे प्रधानमन्त्री ओलीसंग एक्लै भेटवार्ता गरेका थिए । दुवै दलका प्रमुख नेताले भोली एकता संयोजन समितिको बैठक बोलाएर मिल्न बाँकी बिषयलाई टुङ्गो लगाउने सहमती गरेका छन् । एमाले अध्यक्षका प्रेस संयोजक चेतन अधिकारीले भोली एकता संयोजन समितिको बैठक बसेर सरकारलाई पुर्णता दिने र एकतालाई निष्कर्शमा पुर्याउने सहमती बनेको बताए ।
बैठकको समय र स्थान तय नभएपनि माओवादी अध्यक्ष दाहाल काठमाण्डु फर्किए लगत्तै छलफल अघि बढ्नेछ । वाम गठबन्धनका प्रमुख दुई नेताले एकीकृत पार्टीको नेतृत्व र सरकारमा आलोपालोको सहमती गरेपनि एकीकृत पार्टीको मार्गदर्शक सिद्धान्तमा गरेर एकता प्रक्रिया अड्किएको छ ।एमालेका शीर्ष नेताले एकीकृत पार्टीको सिद्धान्त जनताको बहुदलिय जनवाद राख्नै पर्ने अडान राखेपनि एकता प्रक्रियाको निर्णायक वार्ता निष्कर्श विहिन भएको थियो ।
एकता प्रक्रिया निष्कर्शमा नपुगेको भन्दै ओलीले नेतृत्व गरेको सरकारमा माओवादी केन्द्र सहभागि भएको छैन ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads