Loading...
माओवादीको अडान पछि मिल्यो एकताको कुरा

एमाले र माओवादीबीचको एकतामा बाधक बनेको सैद्धान्तिकपक्ष टुंगिएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज पार्टीका केही नेताहरुसँगको अनौपचारिक बैठकमा एकताका विषयमा देखिएको सैद्धान्तिक पक्ष हल भएको बताएका हुन् ।
अव दुवै पार्टीका मार्ग निर्देशक सिद्धान्त बहसमा जान्छन् र महाधिवेशनबाट हल हुन्छन ।’ बैठकमा सहभागी माओवादी नेता जनार्दन शर्माले भने ।जुम्लामा उत्पादित रातो चामलको भात खाँदै केपी ओलीसँग ५ घण्टा वार्ता गरेपछि माओवादी अध्यक्ष प्रचण्ड सरकारमा सहभागिता हुन सहमत भएका छन् ।
प्रचण्ड ‘कन्भिन्स’ भएसँगै अब माओवादी केन्द्र सरकारलाई फ्लोरबाट मात्रै समर्थन गर्ने पूर्वअडानबाट पछि हटेको छ । गत बुधबार पार्टी एकताबारे सहमति हुन नसकेपछि माओवादीले सरकारमा आफ्नो दलबाट मन्त्रीहरु पठाएको छैन । एकता टुंगोमा नपुगे सरकारलाई बाहिरैबाट समर्थन गर्ने विकल्पबारे माओवादीमा छलफल चलेको थियो ।
र, यही कारण ओली सरकारको पहिलो क्याबिनेट माओवादीविहीन भयो । तर, आइतबार एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग झण्डै पाँच घन्टा भएको ‘वान टु वान’ वार्ता सकारात्मक रहेको माओवादी अध्यक्ष प्रचण्डले पार्टी नेताहरुलाई ब्रिफिङ गरेका छन् । र, अब सरकार बाहिरै बस्ने परिस्थिति टरेको प्रचण्डले पार्टी नेताहरुलाई बताएका छन् ।
सोमबार बिहान पार्टी नेताहरुसँग भएको आन्तरिक छलफलमा प्रचण्डले आजै ओलीसँग ‘वान टु वान’ वार्ता हुने र त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बसेर पार्टी एकताबारे ठोस सहमति हुने ‘ब्रिफिङ’ गरेका छन् ।
प्रचण्डलाई उधृत गर्दै माओवादी नेताले दिएको जानकारी अनुसार जनताको बहुदलीय जनवाद, २१ औं शताब्दीको जनवाद, माओवाद लगायतका बैचारिक–राजनीतिक विषयमा आगामी महाधिवेशनसम्म छलफल गर्दै जान केपी ओली सहमत भएका छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads