Loading...
जहाँ १६ बर्षमाथिका युवायुवती देखिँदैनन्



मालिङ गाउँपालिका २ सैलुङका रामबहादुर गुरूङ दुई छोरा र दुई छोरीका बाबु हुन्। उनकी जेठी छोरी सात कक्षामा पढदै गर्दा १४ बर्षकै उमेरमा भागेर विहे गरिन् ।
आजको नागरिक दैनिकमा खबर छ-गुरुङको छिमेकमा विहे भोज थियो। भोजमा सहभागी हुन छिमेकी गाउँबाट आएको एक युवकले भोजबाटै उनलाई भगाएका थिए । गुरूङकी कान्छी छोरीले पनि ९ कक्षामा पढ्दै गर्दा भागेर बिहे गरेकी थिईन् ।
सैलुङकै ८० बर्षीया उज्याली गुरूङ १० बर्षको उमेरमा मागी बिहे गरेको बताउँछिन् । उनका ४ छोरा र २ छोरी छन् । छोरीमध्ये जेठी मनमायाको १४ बर्षको उमेरमा र कान्छी पूर्णमायाको १६ बर्षको उमेरमा विहे भएको थियो ।
उनी भन्छिन्, ‘उमेर पुगेका युवायुवतीमध्ये विवाह हुनेको भहईहाल्छ, नहुनेमध्ये केही रोजगराको खोजीमा र केही अध्ययनका लागि सहर वा विदेश जाने भएकाले गाउँमा १६ बर्षमाथिका युवायुवती देखिँदैनन् ।’

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads