Loading...
नेपाल विश्वकप छनोटमा

 नेपालले क्यानडामाथि इनिङको अन्तिम बलमै जित निकाले पनि ४९.५ ओभरमै नेपाल आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा पुगिसकेको थियो ।













पर्भेजले छैटौँ बल फ्याँक्नुअघि अर्को खेलमा युएईले नामिबियालाई १९ रनले हराएको थियो । युएईको नतिजा आइसक्दासम्म नेपाल र क्यानडाको समान १९४ रन थियो । अन्तिम बलमा रन नलिएको अवस्थामा पनि खेल बराबरीमै सकिन्थ्यो । यस समीकरणमा क्यानडा शीर्ष र नेपाल दोस्रो स्थानमा रहन्थे ।
तर, नेपालसँग पराजित भएपछि क्यानडा शीर्ष स्थानबाट सीधै तेस्रो स्थानमा पुग्यो । नामिबिया अन्तिम खेलमा पराजित भएपछि चौथो स्थानमै सीमित भयो ।
नयाँ पत्रिकाबाट

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads