Loading...
बेनी सामुदायिकको सम्मान


कर्णबहादुर खत्री

म्याग्दी सदरमुकाम बेनीस्थित बेनी सामुदायिक माध्यमिक विद्यालयमा प्रतिनिधि तथा प्रदेशसभा सदस्यहरुलाई बुधबार एक कार्यक्रमका बीच सम्मान गरेको छ । सोही कार्यक्रममा विद्यालयका कक्षा नर्सरीदेखि १२ सम्मका विद्यार्थीहरुलाई दोस्रो चौमासिक परीक्षाको पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रममा म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापा र ४ नं. प्रदेश म्याग्दी (क) का सदस्य विनोद केसीलाई दोसल्ला सहित मायाको चिनोले सम्मान गरिएको थियो । कार्यक्रममा थापा र केसीको हातबाट दोस्रो चौमासिक परीक्षाको पुरस्कार वितरण सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य थापाले माध्यमिक तहसम्मको अनिवार्य र निःशुल्क शिक्षाले देशको समृद्धि र विकासमा सहयोग पुग्ने भएकोले शिक्षालाई सीमान्तकृत जनताहरुको पहुँचसम्म पु¥याउनका लागि सामुदायिक विद्यालयको महत्वपूर्ण भूमिका रहेको बताए । कार्यक्रममा विशिष्ट अतिथि प्रदेशसभा सदस्य केसीले बेनी सामुदायिकले राष्ट्रिय स्तरको उत्कृष्टतालाई दिगो रुपमा अघि बढाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिका सदस्य निलकण्ठ ढुङ्गानाको अध्यक्षता, विद्यालयका प्रअ दिपक श्रेष्ठको स्वागत, शिक्षक टीकानाथ पौडेलको सञ्चालन रहेको कार्यक्रममा विव्यस सल्लाहकार याम शाक्यले शुभकामना मन्तव्य राखेका थिए ।


0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads