Loading...
प्रगतिशिल युवा बिभाग कतार पुनर्गठन




प्रेम लामा कतार
 मिति २३/०२ शुक्रबार को दिन नेपाली जनप्रगतिशिल मन्च कतार अन्तर्गतको साहायक संगठन प्रगतिशिल युवा बिभाग पुनर्गठ्न गरिएको  छ । ५ औ माहाधिबेशन आयोजक समिति नेपाली जनप्रगतिशिल मन्च युवा बिभाग सह संयोजक निकास घलान तामाङ्गको अध्यक्षतामा , संगठन बिभाग प्रमुख को प्रमुख अतिथिमा मोहन कार्कि र अतिथिमा प्रचार प्रसार बिभाग प्रमुख राज देबकोटा , युवा बिभागका इन्चार्ज प्रेम लामा , दोहा क्षेत्रीय समितिका अध्यक्ष विशाल भण्डारी र लेबर सिटि क्षेत्रीय समितिका शेर बाहादुर खडकाको उपस्थितीमा बैठक संचालन अमित गौतमले गर्नु भएको थियो ।

उक्त भेलामा युवालाइ प्रगतिशिल युवा बिभाग इन्चार्जले ६ बुदे अब धाराणा प्रस्ताब पेश गर्नु भएको थियो भने संगठनका प्रचार प्रसार बिभाग राज देबकोटाले युवा भनेको देशको शक्ति हो एकजुट भएर लागेमा हामिले परिबर्तन बिकास र आर्थिक समृद्धिको दिशामा केन्द्रीकृत हुनु पर्ने भनाइ राख्नु भएको थियो भने विशाल भण्डारि र शेर बाहादुर भण्डारी ले पुनर्गठित सदस्यहरुलाइ शुभकामना दिनु भएको थियो भने संगठन बिभाग प्रमुखले नेपाली जनप्रगतिशिल मन्च दोहा कतारले युवाहरु जागरुक बनाउदै के हि समय भित्र फेरि विशाल युवाहरुको उपस्थिति हुदैछ दुई पार्टिको एकता पछि युवाको संगठनको स्वरुपमा परिबर्तन गरि रोजगारको शिलशिलामा दोहामा भएको नेपाली युवाहरुको जमातलाई अब स्वदेश प्रती फर्काउन रोजगारको ग्यारेण्टि गर्न र गराउन नेपालको राज्य सता संग पहल कदमी लिने प्रतिबद्धता ब्यक्त गर्दै ।

नेपाली जनप्रगतिशिल मन्चको बाकी कार्यभार पूरा गर्न निर्देशन दिदै बैठकको अध्यक्षता गर्नु भएको निकाश घलान तामाङले युवाहरुलाइ जोशिएर लाग्नु पर्ने र समाज परिबर्तनको दिशा तर्फ जोड दिने प्रतिबद्धता जनाउदै बैठक समापन गरियो ।उक्त पुनर्गठित बैठकले तत्काल अन्य तह र तप्काबाट आउनु पर्ने युवा नेतृत्वलाइ समेट्नु परेको हुदा हाललाइ सयोजक र उपसंयोजक को मातहातमा ३१ सदस्यिय रहने गरि गठन गरिएको हो ।
जसमा संयोजक निकाश - घलान , उपसंयोजक - अमित गौतम ,सदस्यहरु :- क्रमश होम आचार्य , सानू गुरुङ, सुक बाहादुर गुरुङ , बिर बाहादुर गुरुङ , राज गुरुङ्ग , बुद्ध गुरुङ , सुरेन्द्र वाग्ले , भिजन पुन मगर , गणेश बिक , राजु गुरुङ ,हर्क मगर , सरोज लिम्बू , रोहन तामाङ्ग , सुमन घिमिरे लाई सदस्य नियुक्त गरि बाकी सदस्य लाई पहिलो बैठकमा नियुक्त गरिने खबर प्राप्त भएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads