Loading...
वामपन्थीबीचको एकता भाँड्न विभिन्न तत्वले षड्यन्त्र गरिरहेका छन् : प्रचण्ड

काठमाडाै । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालमा वामपन्थीबीचको एकता भाँड्न विभिन्न तत्वले षड्यन्त्र गरिरहेको बताएका छन् । महोत्तरीको हात्तीनेटमा आयोजित कार्यक्रममा प्रचण्डले पार्टी एकता र गठबन्धनको प्रक्रिया सुरु भएदेखि पार्टी एकता हुन नदिन षड्यन्त्र भइरहेको दाबी गरे ।
अाजकाे नयाँ पत्रिकामा खबर छ- ‘नेपालमा ७० वर्षदेखि कहिल्यै राजनीतिक स्थिरता भएन, कुनै पनि सरकार पाँच वर्ष टिकेन । त्यसैले सुशासन, समृद्धि र समाजवादी नेपालको लागि कम्युनिस्ट शक्तिबीच एकता र वाम गठबन्धन जरुरी छ भनेर मैले नै प्रस्ताव अगाडि बढाएँ,’ प्रचण्डले भने, ‘जनताको चाहना पनि यही भएकाले अहिले झन्डै दुईतिहाइ बहुमत वामपन्थीको आएको छ ।
तर, वाम एकता नहोस् र नेपाली जनताले विकास निर्माण र समृद्धिको यात्रा प्राप्त गर्न नसकून् भनेर देशी विदेशी प्रतिक्रियावादी लागिपरेका छन् ।’ वाम गठबन्धनको झन्डै दुईतिहाइ बहुमत आएपछि एमाले र माओवादी केन्द्रलाई प्रलोभन र धम्की दिएर एकता भाँड्ने षड्यन्त्र भएको उनको भनाइ थियो ।
‘निर्वाचनमा दुईतिहाइ आएपछि कहिले माओवादीलाई, कहिले एमालेलाई प्रलोभन र कहिले धम्की दिएर गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ,’ प्रचण्डले भने ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads