Loading...
नीति, नियम र कर्मचारीको सोच्ने तरिका तपाई हामीसँग मिल्दैनः ‘प्रचण्ड’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनविना विकास र समृद्धि सम्भव नभएको बताएका छन् ।
शुक्रबार नेपाल ह्याचरी उद्योग संघले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका विकास र समृद्धिका लागि सबैको योगदान आवश्यक रहेको बताए । ‘हामीले विकास र समृद्धिको कुरा गरेका छौं’, उनले भने, ‘तर, सुशासनविना विकास र समृद्धि सम्भव छैन ।’ उनले सुशासन र समृद्धिका लागि राज्य दह्रो नभए कार्यान्वयनमा प्रभावकारी नहुने दावी गरे। राज्य दह्रो नभइकन सुशासन हुँदैन, सुशासन नभए विकास र समृद्धि हासिल गर्न पनि सकिँदैन’, उनले भने।
अध्यक्ष प्रचण्डले ईच्छाशक्ति मात्रै हुने हो भने नेपाललाई धेरै नेपाललाई आत्मनिर्भर बनाउन सकिने बताए । ‘पोल्ट्री व्यवसाय नेपालमा आत्मनिर्भर भएको छ’, उनले भने, ‘कृषि र कृषिमा आधारित क्षेत्रहरुलाई मात्रै आत्मनिर्भर बनाउन सक्यौं भने विकासको आधार त्यही हुन्छ । अब तपाई हामी सबैको ध्यान त्यतातिर जानुपर्छ।’घोषणा गर्नुमात्रै ठूलो कुरा नभएको भन्दै उनले कार्यान्वयन ठूलो कुरा भएको बताए ।
‘अहिलेका ऐन, कानून, नीति, नियम र कर्मचारीको सोच्ने तरिका तपाई हामीसँग मिल्दैन, हिजो राजा महाराजा थिए, तिनले तलसम्म त्यस्तै सिष्टम बसाए’, उनले भने, ‘राजनीति र कर्मचारीमा पनि छोटे राजाको प्रवृत्ति कायम थियो, त्यो संस्कारकै रुपमा हुर्कियो । यस्ता नीति नियममा परिवर्तन नगर्ने हो भने, पुरानो सोंचका विरुद्ध नलड्ने हो भने सुशासन कायम गर्न सकिँदैन, यसमा राज्यको बलियो हात चाहिन्छ ।’

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads