Loading...
युवा परिषाद्का कम्प्युटर प्राविधिक युवा परिषद्मा भेला

राष्ट्रिय युवा परिषद् अन्तरगतका जिल्ला युवा समितिमा कार्यरत कम्प्युटर अपरेटरहरु काठमाडौमाा भेला भएका छन् । युवा परिषद्काे वार्षीक कार्यक्रम अनुसार कर्मचारी क्षमता अभिबृद्धि तालिम अन्तरगत उक्त कार्यक्रम आयोजना गरिएको राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले बताए । 
क्षमता अभिबृद्धि तालिममा युवा परिषद्को भिजन र नीतिका बारे ढुङ्गेलले सहजिकरण गरेका थिए । त्यस्तै कर्मचारीको काम कर्तव्य र भूमिका र अपेक्षाको बारेमा सहसचिव मुक्तिसिंह ठकुरीले सहजिकरणा गरेका थिए । पहिलो दिनमा कोरीयन टाेलीले सकारात्मक सोचाइ सम्बन्धि सहजीकरण गरेका थिए ।
दोश्रो दिन शनिबार सूचनाको हक सम्बन्धि व्यवस्था र सूचना अधिकारीको भूमिका बिषयमा उपसचिव ध्रुवराज पौडेलले सहजिकरण गरेका थिए । त्यस्तै विकास उद्यमी समूहले वेवसाइट र टेम्प्लेटका बारेमाा सहजीकरण गरेका थिए ।
उवा उद्यम कार्यक्रमका बारेमा रमा अर्यालले सहजीकरण गरेकी थिइन् भने दामोदर फुयलले राष्ट्रिय युवा परिषद्को कार्यक्रम कार्यन्वयनका सम्बन्धमा जिल्ला युवा समितिको भूमिका बारेमा सहजिकरण गरेका थीए । 
कार्यक्रम फागुन १५ गते सम्म सञ्चालन हुने राष्ट्रिय युवा परिषद्ले जनाएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads