Loading...
गिता पाईजाको कुवापानी गाउँ जाउँ’ (भिडियो) सार्वजनिक


सुमुधुर स्वरकी धनी गिता पाईजाले आफ्नै जन्मगाउँ ‘कुवापानी’को गीत र म्यूजिक भिडियो बजारमा ल्याएकी छन् । पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण मानिने पर्वतको जलजला गाउँपालिका–५ कुवापानी गाउँको प्रचारप्रसार तथा सम्भावनालाई उजागर गदैं पाईजाको स्वरमा रहेको गीतको म्यूजिक भिडियो शुक्रबार सार्वजनिक भएको हो ।
राजकुमारी पाईजाको शब्द–रचना, आश लामाको संगीत र पुस्कर थापाको निर्देशनमा छायाङ्कन गरिएको ‘कुवापानी गाउँ’ सार्वजनिक भएको केही मिनेटमै चर्चा कमाएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नांगी, राम्चेको सिमानामा पर्ने कुवापानी गाउँबाट मनोरम दृष्य, धौलागिरी हिमाल सहितका हिमश्रंखला,घना लालीगुँरासको जंगल समेत देखिन्छ। गीतमा म्याग्दीको सदरमुकामा बेनीबजारलाई समेत जोडिएको छ ।
बेनिअनलाइनबाट साभार


0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads