Loading...
ओमनमा कार्यरत मजदुरहरुको अबस्था अत्यन्तै नाजुक छ : उमेश विश्वकर्मा अध्यक्ष जनप्रगतिशिल मञ्च ओमन

उमेश विश्वकर्मा 

ओमानमा कार्यरत मजदुरहरुको अबस्था अत्यन्तै नाजुक छ  एकाध  मजदुर बाहेक यहाँ कार्यरत धेरै  महिला कामदारको श्रम सम्झौता छैन । त्यसैले बेला बेलामा ठुला ठुला समस्या हुने गरेको छ,विषेश गरि महिला दिदिबहिनीहरुको बारेमा अर्को तिर दलाल, म्यानपावर हरुको दादागिरी र मानव तस्करहरुले मार्केट नै बनाएको छन् । नेपाली जनप्रगतिशिल मञ्च ओमनका अध्यक्ष उमेश विश्वकर्मा संग संगठन र ओमनमा रहेका नेपालीहरुको समस्याको बारेमा इरुप्से ड्ट्कमको लागि पूर्ण विक (पहाडीले ) गरेको कुराकानीको यहाँ प्रस्तुत छ ।

स्वागत छ यहाँलाई अनलाइन समाचार इरुप्से ड्ट्कमा ?

धन्यवाद पुर्ण  जि हजुरलाई  ।

ओमन जस्तो देशमा राजनीतिक पार्टीको भातृ संगठन चलाउन कत्तिको सहज छ ?

महत्त्वपूर्ण प्रश्न  गर्नु भयो । पहिलो  कुरा हामी प्रवासमा  मजदुर गर्छौ ८ देखि १५/१६ घण्टा  कम्पनीको  नियम अनुसार, जबकी हामिलाई समयले साथ दिदैन, तर पनी  आस्था,बिचार, सिधाान्त  र बर्गिय मायाले हामिलाई  पिरोलि रहेको हुन्छ । जस्को बाबजुद हामी प्रवासमा  संगठन चलाउछौ तर सोच जस्तो  सजिलो छैन । किनभने हामिलाइ हप्ताको एउटा छुट्टी हुन्छ । त्यो पनि कुन दिन कुन बार हुन्छ कम्पनीको  नियममा भर पर्छ ओमानको सर्दर्भमा शुक्रबार र सनिवार अफिसियल छुट्टी  भएता पनि ९९% मजदुरले शुक्रबार लगायत हप्ताको  एक दिन मात्र पाउँछन् । ईच्छा शक्ति चाहना भएता पनि  पहिलो कुरा  समयले साथ दिदैन । छुट्टीको समय भनेको हाम्रो घरपरिवारलाई सम्झने र आराम  गर्ने समय हो । तर पनि हामी थोरै बचेको समयलाई आफ्नो संगठन र समाज सेवाको लागि सोचिरहेका हुन्छौ ।  संगठन चलाउन तेति सजिलो छैन, चौतर्फी समस्या छ ।


यहाँ कार्यरत नेपाली मजदुरको अवस्था कस्तो छ, नाजुक अवस्थामा रहेका कामदारहरुलाई संस्थाको तर्फबाट सहयोग गर्नु भयो । सधै सहयोग गर्ने वातावरण नबन्न पनि सक्छ , भोलीको दिनमा के गर्नु पर्ने देखिन्छ ?

 प्राय हामी धेरैजसो नेपालका एजेन्ट, दलाल र म्यानपावरहरु बाट प्रशिक्षित भै ठुलो लगानी गरि सुनौलो भविष्य  निर्माणका लागि बिदेशीने  गर्दछौ, तर यहाँ आए पछि  दुर्भाग्य बस सबै बिपरित हुन्छ । ओमानमा कार्यरत मजदुरहरुको अबस्था अत्यन्तै नाजुक छ  एकाध  मजदुर बाहेक । यहाँ कार्यरत धेरै  महिला कामदारको श्रम सम्झौता छैन । त्यसैले बेला बेलामा ठुला ठुला समस्या हुने गरेको छ,विषेश गरि महिला दिदिबहिनीहरुको बारेमा अर्को तिर दलाल,म्यानपावरहरुको दादागिरी र मानव तस्करहरुले मार्केट नै  बनाएको छन् ।  यो एकदमै दुःखद् छ यसको बारेमा सम्बन्धित निकायले बेलामा नै सोच्नु पर्छ, सहयोगको कुरामा  बिगत स्थापना काल देखी नै पीडित नेपाली दाजुभाइ दिदिबहिनीहरु मात्र नभई  नेपाल सरकार र हाम्रो पार्टीलाई नैतिक भौतिक र आर्थिक रूपमा सहयोग गर्दै आएका छौ । घर, कम्पनीमा काम गर्ने देखि विभिन्न देशमा जेलमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीलाई पनि ब्लड  मनि स्वरूप आर्थिक सहयोग गरिएको छ । केही समय पहिला  मात्र ईराकमा अलपत्र  तीन नेपाली चेलिको उद्धारका लागि आर्थिक सहयोग गरिएको छ । तेस्तै नेपालको honest overseas pvt.ltd. बाट आएका २० जना पीडित नेपालीलाई समग्र रुपमा मंचले पीडितको स्थलगत निरीक्षण गर्दै आर्थिक सहयोग गरेको छ। 


ओमनमा कार्यरत मजदुरहरुको अबस्था अत्यन्तै नाजुक छ  एकाध  मजदुर बाहेक यहाँ कार्यरत धेरै महिला कामदारको श्रम सम्झौता छैन । दलाल र म्यानपावरहरुको दादागिरी र मानव तस्करहरुले मानव बेचबिखनको मार्केट नै बनाएको छन्  । 



यसरी सहयो गर्दै जाने क्रममा तपाईंले भने झै सधैं  सहयोग गर्नको लागि अलि असम्भव त छ फेरि पनि केही बचाएर केही कटाएर  आर्थिक रुपमा  नैतिक रुपमा  सहयोग गरेका छौ ।  ५०डिग्रीको गर्मीमा काम गरेर  २०/२५ हजार तलबले यो सब गर्न असम्भव हुन्छ । त्यससँगै  हाम्रो मासिक,तराई मासिक र वार्षिक  कार्यक्रमहरु पनि नियमित गर्नु पर्ने हुन्छ । अन्य आयस्रोत हुदैन सबै कुरा तलबको भरमा नै गर्नु पर्छ, संगठनको मुख्य आयस्रोत भनेको सदस्यको मासिक लेबि नै हो । पीडितको  समस्या हेरि अपिल गर्ने  गरेका छौ,सबैबाट सहयोग आउँछ भन्ने त  हुदैन, फेरि पनि त्यसरी चलेको छ ।

दीर्घकालीन रुपमा यसलाई अन्त्य गर्नको लागि वैदेशिक रोजगार दाता/म्यानपावर  नेपाल सरकार र सम्बन्धित देशमा रहेको कुटनैतिक नियोग को सहकार्य गरि छुट्टै संयन्त्र खडा गरि वैदेशिक रोजगारलाई सुरक्षित  सम्मानित र विभेद रहित बनाउदै वैदेशिक रोजगार को क्रममा हुने समस्या र उद्धारको लागि छुट्टै कोषको स्थापना गर्नुपर्छ , कोषको स्थापना भएमा  केही सहज परिस्थिति हुन्छ जस्तो लाग्छ। त्यसमा हाम्रो सहयोग अवस्य  नै हुन्छ ।


ओमनमा घरेलु कामदारको अवस्था निकै नाजुक छ भन्ने सुन्निछ नि, यहाँको यथार्थ के हो,नेपाली राजदुतावास संग जनप्रगतिशिल मंचको सम्बन्ध कस्तो रहेको छ ?

 एक्दमै नाजुक छ, त्यसमा  महिला दिदिबहिनीहरु बढी पर्नुहुन्छ र पछिल्लो चरणमा पुरुषहरु पनि पीडित भैरहेको हामिले देख्ने र प्रत्येक्ष  भेटने पनि गरेका छौ  पीडितलाईहरुलाई, यहाँ रहेको प्रमुख समस्या भनेको   म्यानपावर दलाल मानव तस्करीहरुको बर्चस्व  र नेपाल सरकारको फितलो नीति नै यस्को मुख्य कारण हो। ओमन  आउदा नेपाल वाट नभइ भारत, श्रीलंका,दुबई हुँदै मानव तस्करले यहाँ ल्याउने गरेका छन । यहाँ आइसके पछि फेरि यहाँको स्थानीय कम्पनीले मोटो रकम लिएर घरमा बिक्री गर्ने गरेका छन । घरमा काम गर्ने सबै महिला दिदिबहिनीहरुलाई राम्रो हुन्छ भन्ने छैन कतिपय महिला दिदिबहिनीहरु यौनजन्य हिंसामा परेका छन ।  जस्को कारण यहाँ कार्यरत नेपाली दिदिबहिनी हरुले  पिडा , यातना भोग्नु परेको छ । मानब तस्करहरुलाई कानुनी कार्बाही र म्यानपावरहरु लाई सरकारी  मातहतमा काम गर्ने वातावरण  सृजना भए केही सहजता हुने देखिन्छ ।  नेपाली जनप्रगतिशिल मञ्च ओमान र नेपाली दूतावासको सम्बन्ध सकारात्मक नै छ । नेपाल सरकारको कानुन र यहाँको प्रचलित कानुन अनुसार काम गर्ने सस्था भएकोले हाम्रो र दूतावासको सामाजिक तथा समग्र नेपाल र नेपालीको साझा सवाल मुद्दामा सहकार्य हुँदै आएको छ,यसमा कुनै  दुइमत छैन यसमा हामिले नजिक बाट हेरिरहेका छौ । आबश्यक सल्लाह सुझाव दिने लिने प्रक्रिया चलिरहन्छ ।  नेपाली दूतावासले ओमनमा रहेका हरेक नेपाली संगठनलाई अहिले सम्म सम्मान व्यबहार पाएका छौं । 

अहिले वाम एकताको कुरा चलेको छ, अब छिट्टैनै एकता हुने कुरा केन्द्रिय नेतृत्वले प्रक्रिया अगाडि बढाउन लागेको अवस्थामा यहाँ रहेका भातृ संगठनको एकता कत्तिको महत्त्वपूर्ण देख्नु हुन्छ ?

पहिलो  कुरा देश र जनताको चाहना अनुरुप नै केन्द्रिय तहमा  पार्टी एकता हुदैछ । जसको  प्रत्येक्ष लाभ जनताले पाउन सक्छन या सक्दैनन्  एकता पछिको एजेन्डा र क्रियाकलाप बाट थाहा हुनेछ । अब यहाँको  महत्वको कुरा गर्दा केन्द्रिय तहमा जति हामिले महत्त्व देखेका छौ यहाँ पनि त्यतिको महत्त्व हुन्छ । यहाँका भातृ  संगठन हामिले नभई  पार्टीको सर्कुलर अनुसार चल्ने गर्दछ पार्टीले गर्ने हरेक निर्णय अनुसार बाट  हामीले यहाँ ब्यबस्थापन गर्ने छौ,यहाँ रहेका सदस्य जिम्मेवार पार्टीको सदस्य र सांगठनिक  रूपमा सकृय छौँ  । राजनीतिक परिवर्तन संगै  सम्पुर्ण परिबर्तनको अपेक्षा गरिएको हुन्छ त्यो परिबर्तन र अपेक्षा अनुरुप पनि हामिले हाम्रो भातृ  संगठनहरुको एकतालाई  महत्त्व साथ हेरेका छौ । पार्टी एकता भए संगै यहाँ रहेको वाम भातृ संगठन पनि एकतामा जानू पर्छ एकता हुन्छ नै हाम्रो चाहाना पनि त्यही हो । 


एमाले र माओवादी केन्द्रका निकट भातृ संगठन यहाँ निकै शक्तिसाली छन । एकता भएमा संगठनको जिम्मेवारी मिलान अलि समस्या हुने देखिन्छ नि ?

हजुर बिल्कुल हामि प्रवासमा आएर पनि १५ /१६ घण्टा  मजदुरी  गर्दै आफ्नो आस्था बिचार र बर्गिय नातालाई मुख्य प्राथमिकताका साथ हेर्ने र बुझ्ने गरेका छौ । प्रवासमा भए  पनि पार्टी अनुसार आ आफ्नो राजनीतिक भातृ  संगठन  स्थापना भएका छन् । यहाँ आउने नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई एकताबद्ध गर्ने, राजनीतिक शिक्षा आदानप्रदान गर्दै नेपाली र नेपाली मौलिकताको रक्षा गर्दै आम नेपालीलाई आई परेको खण्डमा नैतिक तथा आर्थिक सहयोग उद्वार लगायतका  क्रियाकलाप आदि  गर्नु मुख्य काम हुन ।  ओमनमा हुने आम नेपालीहरुको समस्या  मात्र नभइ  नेपालमा भै परि आउने दैबिक प्रकोप लगायत विभिन्न आपत बिपतमा आर्थिक तथा नैतिक रुपमा प्रत्येक्ष सहभागी भैरहेको सबैमा जानकारी नै छ । अर्को कुरा केन्द्रिय तहमा पार्टी एकता हुदैछ । प्रवासका सम्बन्धित  पार्टीको भातृ  संगठनहरुको एकतामा मैले खासै समस्या देख्दिन किनकी एकीकृत पार्टीको सर्कुलरको आधारमा प्रक्रिया अगाडि जान्छ । रह्यो पदिय  जिम्मेवारि त्यो छलफल बहस बाट हुन्छ,खासै समस्या देख्दिन,हामी प्रवास  बाट एकता नभइ  केेन्द्रिय तह  बाट एकता हुँदै  प्रवासमा हुने हुदा सामान्य छलफल बहस पछि निर्णायक  एकता हुनेछ ।


कानुनले बन्चित गरेको जातीय छुवाछूत नेपालमा अत्यधिक छ, प्रवासमा रहेका नेपालीहरुको छुवाछूत प्रति सोचाइ र व्यबहारमा कस्तो खाल्को परिवर्तन भएको छ ?

कानुन ले बन्चित गरेता पनि समाज र समाजका परिबर्तन नचाहने यथास्थिति वादिहरुको सोचाइमा परिबर्तन आएको छैन । चाहे कुनै संघ सस्थामा आबद्ध ब्यक्ति  वा राजनीतिक  नेता नै किन नहोस । परिवर्तन शिल ब्यक्तिमा त्यस्तो समस्या छैन । यो जटिल र समग्र नेपाल र नेपालीको साझा सवाल र समस्याको गम्भीर विषय हो। प्रवासको ओमनमा भन्नू पर्दा यहाँ कार्यरत नेपाली  समाजमा वर्ण वादी प्रथा त छैन, तर  हामी मजदुरहरुमा  जातिय द्रुब्यबहारको गन्ध आउने गरेको छ । त्यही  बुर्जुवा शिक्षा, अपरिवर्तित समाज, ब्राह्मणवादको धार्मिक शिक्षा , जातिय अहमता, लगायतका समस्या छन  । मुल घर नै वर्ण व्यवस्था बाट चलेको  छ भने त्यही घरमा हुर्केको हाम्रो समाजले जहाँ गए पनि वर्ण व्यवस्थाको गन्ध त दिने गर्द्छ । अझ गजबको कुरा के छ भने पशु  मार्दा  २० बर्ष जेल  मान्छे मार्दा कार्बाही नहुने समाजका मान्छे भएकाले  खासै सोचाइ र व्यबहारमा परिबर्तन मैले देख्दिन । प्रवासमा पनि त्यस्ता  खाल्को व्यबहार मैले देखेको र सुन्ने  गरेको छु । प्रवासमा पनि छुवाछूत रहनुपर्छ , हटनु हुदैन सामाजिक र धार्मिक परम्परा हो भन्ने सोचाइ राख्ने केही परिवर्तन बाधक व्यक्ति पनि छ्न ।

अन्त्यमा ओमनमा कार्यरत नेपाली समुदायलाई के भन्न चाहानु हुन्छ ?

आस्था,बिचार,राजनीति,विभिन्न संघ सस्थाहरु , भाषा ,धर्म सस्कृती,जातजाति, फरक,फरक भेषभुषा भएका हामी ओमनमा मजदुर गर्ने मजदुर,ओमनका मजदुरको साझा सवाल, मजदुर र मजदुरिलाई विशेष योजनाको साथमा मजदुरिको हकमा ब्यबस्थापन गर्न सम्बन्धित निकाय सम्म  पुर्याउन ओमनमा रहेका एन. आर.एन लगायत राजनीतिक,जिल्ला,प्रदेशको नाममा खुलेका संघ सस्थाहरु एक भएर लाग्न आवश्यकता छ । 
यहाँ कार्यरत नेपाली मजदुरहरु बैधानिक निकाय नेपाली दूतावासको सम्पर्कमा रहनु पर्छ, यदि सम्भावना भएन भने नेपाली संगसस्थामा आवद्ध भएर नेपाली कामदारको समस्यालाई नेपाली दूतावास सम्म पुर्याउन सहयो गरौ, ओमनमा कार्यरत  रहनु भएका नेपाली दाजुभाइ दिदिबहिनीहरुमा  विशेष अनुरोध गर्न चाहान्छु, 
अन्त्यमा मेरो बिचार राख्ने अवसर मिलाउने क्रान्तिकारी तथा विशेष गरि प्रवास र जातीय समस्याहरुलाई मध्यनजर गर्दै कलम चलाउने मित्र नेपाली जनप्रगतिशिल मञ्च ओमनका मिडिया संयोजक पुर्ण विक ( पहाडी) लाई विशेष धन्यवाद दिन चाहन्छु र अनलाइन ईरुप्से डटकमलाई आभार प्रकट गर्दछु।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads