Loading...
रूसमा ७१ यात्रुसहितको प्लेन दुर्घटना

जहाज दुर्घटनामा परेको स्थान । तस्बिर: बीबीसी
मस्को । रूसमा एउटा यात्रुवहाक जहाज दुर्घटनाग्रस्त भएको छ । मस्कोको बाहिरी इलाकामा भएको यो दुर्घटनामा अधिकांश यात्रुको ज्यान गएको आशं‌का गरिएको छ । यो जहाजमा चालक दलका ६ जना सदस्यसहित ७१ जना सवार थिए । ती सबै यात्रुको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अाजको अन्नपूर्णमा खबर छ- रूसी सञ्चारमाध्यमका अनुसार राजधानीको दोमोदेदोभो विमानस्थलबाट उडेको केही बेरमै जहाज दुर्घटनामा परेको हो । यो जहाज युरालस्थित ओर्स्क शहरतर्फ गइरहेको थियो ।
यो जहाज मस्कोको बाहिरी इलाका रामेन्स्की जिल्लामा दुर्घटनाग्रस्त भएको हो । एन्तोभोव एन-१४८ जहाजको उडान घरेलु सारातोभ एयरलाइन्सले गर्दै आएको थियो ।
रूसी समाचार एजेन्सीका अनुसार जहाजमा ६५ यात्रु र चालक दलका ६ सदस्य सवार थिए । समाचार एजेन्सीले अर्गुनोभो गाउँका मानिसले आगोको लप्कामा परेको अवस्थामा जहाजलाई आकाशबाट खसिरहेको देखेका जनाएका छन् । रूसी आपात सेवाले ‘इन्टरफ्याक्स समाचार एजेन्सी’ लाई बताए अनुसार जहाजमा सवार कुनै यात्रु बाँच्ने सम्भावना न्यून रहेको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads