Loading...
मृगौला पीडित जलजला परियार, बुद्ध विश्वकर्मालाई संजाल ओमन द्वारा सहयोग

पूर्ण विश्वकर्मा, ओमन / दुवै मृगौलामा समस्या आएपछि राजधानीको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररगत गायिका जलजला परियारलाई दलित संजाल ओमन द्वारा १३ हजार ५९९ रुपैयाँ कमला नेपालीको नाममा संजाल अध्यक्ष सुरेश बराइलीले पठाएको जानकारी दिए ।


नेपाली तारा सिजन ३ कि अब्बल प्रतिस्पर्धी तथा पर्श्व गायिका जलजलाले संसार भर छरिएर रहेका नेपालि दाजु भाइ दिदी बहिनिहरु सग आफ्नो उपचार को लागि सहयोगको आग्रह गरे सगै विभिन्न देशमा सहयोग संकलन अभियान जारी छ । नेपाली साङ्गितिक आकाशमा चम्कदै गरेको एउटा नक्षत्र लाइ निभ्न नदिन थोरै भएपनी सहयोग गर्ने उदेश्यले ओमनमा संजालको सदस्यहरुबाट जलजला परियार बचाउ अभियान शुरु गरिएको सुरेश बराइलीले इरुप्से संग भने ।


 ‘नेपाली तारा’ सिजन–३ की प्रतियोगीसमेत रहेकी जलजलालाई सहयोग गर्न सामाजिक सञ्जाल फेसबुकमार्फत ‘गायिका जलजला परियार बचाउ अभियान’ चलाइएको थियो  । अर्घाखाँचीकी जलजलालाई सहयोग गर्न विभिन्न संघसंस्था तथा व्यक्तिहरू सक्रिय भएर लागेका छन्।


त्यस्तै सुनसरी जिल्ला बराह नगरपालिका १ निवासी २९ वर्षका बुद्ध विकको दुबै मृगौला फेल भइ हाल अस्पतालमा उपचार गरिरहेका मृगौला पीडित बुद्ध विकलाई दलित संजाल ओमनले १३ हजार १० रुपैया आर्थिक सहयोग गरेको छ । संजाल सदस्य अर्जुन विश्वकर्माले इन्द्ररा विश्वकर्माको नाममा पठाएको जानकारी दिए । जलजला परियारलाई सहयोग संकलन गर्ने क्रममा बुद्ध विकको लागि पनि संकलन गरिएको संजाल महासचिव उमेश विश्वकर्माले जानकारी दिए । हामिले यहाँ अन्य संघ संस्थाबाट सहयोग संकलन गरेका छैनौं, संजाल सदस्य बाट मात्रै सहयोग संकलन गरेर दुबै मृगौला पीडितलाई पठाएको संजालका महासचिव उमेश विश्वकर्माले इरुप्से डटकम लाई बताए ।


0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads