Loading...
प्रबासमा पनि वाम मञ्चको एकता प्रकृया अगाडि बढाउनुपर्छ

प्रेम लामा

लामो समय देखि निरन्तर आ - आफ्नै राजनैतिक सिद्धान्त र मूल्य मान्यतामा संचालित दुई ठुला दलको जनबर्गिय संगठन प्रबासी सम्पर्क मन्च र नेपाली जनप्रगतिशिल मन्च यी दुई संगठन पनि एकता को प्रकृयामा छिट्टै अघि बढ्ने तयारीमा छ । देश भित्र वा प्रबासमा रहेका संगठनहरु भन्दा पहिले देखि अर्थात बामगठबन्धनको शुरुवाती देखि नै यी दुई संगठनले प्रबासमा रहेका हरेक गतिविधिहरुलाई सहकार्य गर्दै अघि बढि रहेको छ तसर्थ एकताको प्रकृयामा विधि सम्बत ढंगले अघि बढ्न कुनै कठिनाइ छैन । हिजो प्रजातन्त्र दिवसको सु -अबसर पारेर एकताको सन्देश दिनु हामी बामपंथी बिचार र झुकाव भएका सारा नेपालीहरुलाई शिर्ष नेताहरुले नयाँ सन्देश दिए । हामी असाध्यै गौरवान्भित छौं । हामी बामपंथी झुकाव र बामपंथी बिचार बोकेका आम जनताले अनि कार्यकर्ताले बुझ्नु पर्ने एउटा बिचार के हो भने हामि फरक फरक मालेमा बादी स्कुलमा अध्यनरत थियौं । अहिलेसम्म हामी त्यही अनुसार चलेको छौ । नेपालमा लामो समय देखि झण्डै ६५-६६ सालको राजनैतिक बिकास क्रम र यसको प्रकृया र घटनाक्रमको इतिहासलाई नियालेर सुस्म तरिकाले अध्यन गर्ने हो भने बिचारमा बामपंथी तर ब्यबहारमा गुटबन्दी कितामा उभिएर अलग अलग तरिकाले नेपाली समाज रुपान्तरणको दिशा तर्फ भन्दा पनि ब्यक्ति रुपान्तरण हुने तिर देखा परेको बिचलन हाम्रो सामु स्पष्ट छ । देशलाई बिकसित बनाउन जनतालाई अधिकार सम्पन्न र जनताको शासन कायम गरि आर्थिक समृद्धिको दिशा तर्फ उन्मुख हुँदै समाजबादी क्रान्ति गर्दै बिकसित दुई छिमेकी मुलुकको बिचको देश भन्दा हाम्रो सानो मुलुक शक्तिशाली र सम्पन्न देश बनाउने बारे सैद्धान्तिक र बैचारिक बहस र छलफल बाट बिचलित हुन लागेको अवस्थामा दुई कम्युनिष्ट पार्टीको एकताले राम्रो भुमिका निर्बाह गर्नेछ भन्ने विस्वास हामिले लिनै पर्छ । यतिबेला हामी दुई कम्युनिष्ट पार्टी बिचमा एकता नचाहने वा एकताको बिरोधिहरुले एक पटक अन्तिम अवस्थामा बल प्रयोग गर्नेछ तर तिनको स्वार्थहरु कहिल्यै पूरा हुने छैन । ती स्वार्थहरु हिजो फाल्गुन ७ गतेका दिन चक्नाचुर भयो । यो एकताले ब्यक्तिगत स्वार्थको निम्ति पार्टी खोलेर जनतामा कथित भ्रम छर्ने र देश परिबर्तनको दुहाइ दिदै समाजलाई फोहोरी राजनिती तिर जबर्जस्त धकेलिने नेताहरुलाई फलामको चिउरा साबित हुनेछन । 

यदि हामी युवाहरु मालेमाबादी सिद्धान्तका असल बिधार्थी हौ भने हामिले बुझ्नै पर्ने मुलभुत ज्ञान के बुझ्न जरुरी छ भन्दा पार्टी भनेको बिपरित्वको एकत्व हो अर्थात हामी सबै बामपंथी पार्टि भनि रहने वा प्रजातान्त्रिक पार्टि भनि रहने अनि त्यही भित्र आफुले भने जस्तो भएन भने पार्टी फुटाउने र तथानाम गाली गलौज गर्ने यस्ता खालको प्रबृती खतरनाक हुन । विशेष गरि बामपंथी होस या बामपंथी इतरका पार्टी होस एकले अर्काको आलोचना र आत्माआलोचना सौहार्द पुर्ण ढंगले हुनुपर्छ । कम्युनिष्ट पार्टी को मुल मर्म र सिद्धान्तलाई आत्मासात गर्ने हो भने आलोचनालाइ स्विकार्नै पर्छ । आलोचना गर्ने एउटा पद्धति हुन्छ त्यस पद्धति भित्र कम्युनिष्ट पार्टिको सिद्धान्त भित्र रहेर पद्धति भित्र रहेर आलोचना गर्दै आलोचित हुँदै द्वन्द्वात्मक भौतिकबादी दृष्टिकोणको मूल्य र मान्यताको आधारमा समाज बिकसित गर्न र रुपान्तरण गर्न सकिन्छ । हामी खाडिमुलुकको धर्तिमा टेकेर बिगत देखि बर्तमान सम्मको नेपालको राजनैतिक दृश्य र परिदृश्यलाई मानसिकतामा कैद गर्दा खाडी मुलुकहरुमा आम नेपालि युवाहरुले भोग्नु परेको दु:ख र घटनाहरुलाई नियालेर हेर्दा अनि श्रम बेच्न आएका आम युवाहरुले रोजगारिको नाममा जीवन मरण संघर्ष गरिरहदा अनि मिठो मीठो कल्पनामा बैदेशिक रोजगारले सपना साकार पार्ने कल्पना सहित बिदेशको धर्ति टेकेर समस्या दु:ख का दिनहरुको सामना गर्नु पर्दा आफ्नो मातृभुमिलाई सम्झेर आकाशमा उडिरहेको प्लेनमा बालुवा नै बालुवाको थुप्रोमा थचक्क बसेर ब्रुस ,हर्नेश , हथौडा आरा, बेल्चाले उठाएका ठेला सुम्सुम्याउदै नेपाल सरकार अनि बिभाजित पार्टीहरुको एकल एकल निर्णयले भक्कानिएका यी मन अनि तातो गर्मीले पोलेको शरीर र तातिएर आएको मस्तिष्कलाई अब बन्ने पार्टी र बामपंथीको सरकारले कलिलो उमेर देखि बिदेश पसेका र बिदेश आएर कपाल फुलुन्जेल सम्म बिदेश बस्नु पर्ने बाध्यतालाई छिट्टै सम्बोधन गरिने उमंगका साथ लिएको छ । 

कठिन राजनैतिक परिस्थिती र चुनौतीहरु सामना गर्दै अहिलेको राजनैतिक बिकसित घटना क्रमलाई हेर्ने हो भने यो सारा उत्पिडित नेपाली जनताहरुको पक्षमा बामपंथी एकता सगरमाथाको शिर झै कहिल्यै झुक्दै नझुक्ने अटल रहि रहनेछ । सारा उत्पिडित जनताको पक्षमा छ । जनताले गरेको अनुमोदन पारित गरेको छ शिर्ष नेतृत्वहरुले एकता गर देशलाइ तिब्र बिकाश गर र आर्थिक समृद्धि गर्दै समाजबादी क्रान्तीमा अघि बढ भन्ने जनताको सन्देश र लाई कायम गरेको छ दुई ठुला दलको एकताले हामी सारा उत्पिडित जनताको आशा यहि नै हो । एकता पछिको रुपान्तरण दुई सिद्धान्तको टकराबले आज देश र जनताको सुनौलो भबिश्य कोर्ने सुनौलो बिहानी लिएर उभिएको दुई पार्टीको एकतालाई कतारबाट दुई संगठनले भब्य स्वागत र समर्थन जारी गर्दै नेपाल कम्युनिष्ट पार्टिको निर्देशनलाई सदैब साथ सहयोग र समर्थन जारी रहनेछ र अन्त्यमा यहाको भौगोलिकता र समयानुकुलतामा पार्टीले दिएको थप जिम्मेवारीहरु पूरा गर्दै प्रबासमा पनि नेतृत्व तहका जिम्मेवार कमरेडहरु एकताको थालनीको प्रकृयामा अघि बढ्नेछ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads