Loading...
प्रदेश ३ को सभामुखमा एमालेका सानु श्रेष्ठ निर्विरोध निर्वाचित

 प्रदेश नम्बर ३ को सभामुखमा एउटा मात्रै उम्मेदवारी परेको छ । प्रदेश ३ को मुख्यमन्त्रीका लागि वाम गठवन्धनबाट एमालेका सानुकुमार श्रेष्ठको एकल उम्मेदवारी परेको हो । 
एकजनाको मात्रै उम्मेदवारी परेपछि सानुकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । 
प्रदेश ३ को सभामुखका लागि शनिवार दिउँसो १ बजेसम्म समय तोकिएको छ । श्रेष्ठ एमालेमा ओली निकट मानिन्छन् । 
प्रदेश ३ को सभामुखको उम्मेदवारीका विषयमा माधव नेपाल पक्षले असहमति जनाउँदै आएको थियो । नेपाल पक्षले पनि सभामुखमा उम्मेदवारी दिने तयारी गरे पनि अन्तिम समयमा उम्मेदवारी परेन । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads