Loading...
अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्ष पदका लागि कर्माको उम्मेदवारी


काठमाडौं–कर्माछिरिङ शेर्पाले अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंमा शनिबार पत्रकार सम्मेलन गरी शेर्पाले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
एन्फाका पूर्व सीईओ तथा ए डिभिजन क्लव संकटाका अध्यक्ष इन्द्रमान तुलाधरको प्रस्ताब तथा बरिष्ठ फुटबल प्रशिक्षक कृष्ण थापाले कर्मालाई सर्मथन गरेका छन् । एन्फा अध्यक्षमा यसअघि नै उम्मेदवारी घोषणा गरेका थापाले उम्मेदवारी फिर्ता लिँदै कर्मालाई समर्थन गरेका हुन् ।
एन्फाको असन्तुष्ट समूहको नेतृत्व गरिरहेका कर्मा गतवर्ष भएको मध्यावधि निर्वाचनमा अध्यक्ष पदमा नरेन्द्र श्रेष्ठसँग पराजित भएका थिए । हिमालयन शेर्पा क्लबका अध्यक्ष रहेका कर्मा त्यसअघि एन्फाका उपाध्यक्ष रहेका थिए । एन्फाको नया नेतृत्वका लागि चैत १४ गते निर्वाचन हुँदैछ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads