Loading...
पार्टी एकताका विषयमा आज पनि ‘वान टु वान’ छलफल

पार्टी एकताका विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज पनि ‘वान टु वान’ छलफल गर्ने भएका छन् । दुई नेताहरुबीच दिउँसो भेट हुने बताइएको छ । तर समय र स्थान भने तोकिएको छैन ।











स्रोतका अनुसार दुई नेताबीच दिउँसो दुई बजेपछि भेट हुनेछ । ‘जनयुद्ध दिवस’को अवसरमा माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमपछि दुई अध्यक्षबीच भेट हुने माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले जानकारी दिइन् ।
यसअघि सोमबार दुई नेताहरूले सरकार गठनअघि नै पार्टी एकताको खाका तयार पार्ने सहमति गरेका थिए । दुबै नेता नयाँ पार्टीको सहअध्यक्ष हुने र सरकारको नेतृत्व पनि आलोपालो गर्ने पनि सहमति भएको छ ।
सो विषयमा थप निर्णय गर्न दुई नेताबीच आज फेरि छलफल हुन लागेको हो । ओली र प्रचण्डबीच भएको सहमतिलाई एकता संयोजन समितिको बैठक बसेर अन्तिम रूप दिने नेताहरूले बताएका छन् । संयोजन समितिको बैठक बुधबार बस्ने सम्भावना छ ।
काठमाण्डु टुडेबाट

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads