Loading...
स्वागत छ कमरेडहरुलाई


स्वागत छ स्वागत छ कमरेड हरुलाई ।
जनताको अधिकार दिनेलाई ।।
जनयुद्ध शहिद हरुलाई अभिबादन ।
जनयुद्ध लड्ने योद्धा लाई अभिबादन ।।

सत्र हजार योद्धाहरु जनयुद्ध लडी २
गणतन्त्र झुल्की आयो गाँउ बेसी आली
सर्बाहराले मुक्ति पायो राजतन्त्र फाली ।।

स्वागत छ ।
जनताको जनयुद्ध लड्नेहरुलाई ।।

माओबादीले सामन्तिको परास्त गर्यो-२
संसकित र अतिबादको अन्त्य पनि गर्यो ।
माओबादीको काम देखेर जनताले मन पर्यो ।।

स्वागत छ ।
जनताको जनयुद्ध लड्नेहरुलाई ।।

जनयुद्ध र आन्दोलन ले परिबर्तन ल्यायो-२
हक, हित अधिकार नयाँ निती ल्यायो ।
गणतन्त्र संघीयताको संबिधान ल्यायो ।।

स्वागत छ,जनताको जनयुद्ध लड्नेहरुलाई

माओबादीले बिकासको लहर बोकी ल्यायो-२
लोड सेडिङ अन्त्य गरी झिली मिली गर्यो ।
अर्थतन्त्र बढाएर देशको मुहार फेर्यो ।।

स्वागत छ ,जनताको जनयुद्ध लड्नेहरुलाई

जनयुद्ध को मुद्धाहरु सम्बोधन गरौ-२
समृद्धि र शु-शाशनको खाका पनि कोरौ ।
अब हामी समाजबादको क्रान्ति सुरु गरौ ।।

स्वागत छ स्वागत छ कमरेड हरुलाई ।
जनताको अधिकार दिने लाई ।।

शब्द रचना :- निकास घलान
हाल दोहा कतार

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads