Loading...
अष्ट्रेलियाले चीनलाई राष्ट्रिय सूरक्षामा अति उच्च खतराको सुचिमा राखेपछि


चिनिया विदेश मन्त्रालयले अष्ट्रेलिया उसको देशमा रहेका सबै चिनियाहरु जासुस रहेको अवस्थामा मात्र आत्तिनुपर्ने  बताएको छ ।  सो प्रतिक्रृया अष्ट्रेलियाले चीनलाई राष्ट्रिय सूरक्षामा अति उच्च खतराको सुचिमा राखेपछि आएको हो ।
“यदी अष्ट्रेलियाले चीन र अष्ट्रेलिया आवतजावत गर्ने र अष्ट्रेलियामा बसोबास गर्ने दशाै लाख चिनियाहरु सबैलाई जासुस मान्छ भने उसले आत्तिएकोमा कुनै आश्चर्य हुदैन,”मन्त्रालयका प्रवत्ता हुआ चुन्यीङ्गले बिहीवारको दैनिक ब्रिफिङ्गमा बताए ।
हुआको टिप्पणी अष्ट्रेलियाको सुरक्षा गुप्तचर संस्थाले प्रत्येक देशबारे गर्ने प्रति–गुप्तचरी मापनमा चीनलाई अति उच्च खतराको तहमा सुचिकृत गरेको खबर बाहिर आए पछि आएको हो ।
सो संस्थाको खतरा मापनको पाँच तह रहेको छ ः नगन्य, न्यून , मध्यम , उच्च र अति उच्च । चीन सो सूचीमा सबैभन्दा माथि राखिएको अष्ट्रेलियाली  समाचार पोर्टल नाइनन्यूज डनकम डट एयुले उल्लेख गरेको छ । 
“अष्टे«लियाको सत्तासिन पार्टीले आफू राष्ट्रिय सुरक्षामा गम्भिर रहेको देखाउन यो मुद्दा उछालेको हो । उसले यसो गरेर नजिकै रहेको चुनावी जनमत आफू पक्ष बनाउन खोजेको देखिन्छ । र उसले यसका लागि उदाउंदो शक्ति चीनलाई सजिलो निसानाको रुपमा पाएको छ ।” नेश्नल इन्स्चीच्युट अफ इन्टरनेशनल स्ट्रयाटेजीका सह–महानिर्देशक र प्रध्यापक हान फेङ्गले विहिबार ग्लोबल टाइम्सलाई बताएका छन् । 
“यो मुद्दा अष्ट्रेलियाको चीनसँग बढ्दो सम्बन्धलाई लिएर अमेरिकाले देखाइरहेको चिन्ता सम्बोधन गर्न पनि उठाएको हो ।” हानले भनेको छन् । 
अमेरिकी डिफेन्स स्ट्रयाटेजीले २०१८ को शुरुतिर चीनलाई पहिलो पटक अमेरिकी राष्ट्रिय सुरक्षामा रसिया बराबरको खतरा मानेको सरकारी कागज सार्वजनिक गरेको थियो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads