Loading...
हरिकृष्ण न्यौपाने माथी भएको कुटपिट घटनाको दोषीलाई कार्वाहीको माग गर्दै मञ्चले जारी गर्‍यो ( प्रेस विज्ञप्ति )


 नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष श्री हरिकृष्ण  न्यौपाने  माथि मिति १८/०२/२०१८/ फ्रेबुअरी आइतबार बेलुका ६ बजे पछी गैर आवाशीय नेपालि संघ राष्ट्रिय समन्वय समिति कुबेतका अध्यक्ष अर्जुन तामाङले केहि आफ्नो सहकर्मी हरुको साथमा सांघातिक आक्रमण गरि मरणासन्न हुनेगरी कुटपिट गर्दै पिडितलाइ हस्पिटल सम्म लगि उपचार गर्नुपर्ने गरि घाईत्य बनायको दुखत घटना प्रति गैरो खेद प्रकट गर्दै नेपाली जनाप्रगतिसिल मंच ओमानको ध्यानाकर्षण भयको छ ।
         गत आइतबार बेलुका पटक पटक कल गरि महत्वपूर्ण छलफल छ भनि कुबेत महासंघका अध्यक्षलाई सुनियोजित ढंगबाट फरवानिया भन्य स्थानमा रहेको सुजन केसी को कोठामा बोलायर कुवेत गैर आवाशीय नेपाली संघका अध्यक्ष समेत रहेका र नेपालि चेलीबेटीहरुलाई गैर कानुनि रुपमा कामको प्रलोभन देखाई बेचबिखन गर्दै आयका मानब तस्करको रुपमा परिचत् दलाल अर्जुन तामाङले आफ्नो सहकर्मीहरु जस्तै बैदेशिक रोजगार सरोकार समाजका अध्यक्ष श्याम लामा,सरोकार समाज कुवेतका संरक्षक कुमार पुरी,तथा उपाध्यक्ष दिनेश उप्रेतीको रोहोबरमा हात हतियार सहित सामुहिक हमला गरि ज्यान मार्न खोज्दा उक्त शाखाका अध्यक्ष हरिकृष्ण न्यौपाने त्यहाबाट भाग्न सफल भै उपचारार्थ आदान अस्पतालमा भर्ना भै उपचार भैरहेको छ।
        एक जिम्मेवार सस्थाको अध्यक्ष जस्तो गरिमामय स्थानमा रही आफ्नो पदीय जिम्मेवारीलाई ब्यवास्था गर्दै प्रेस र अभिब्यत्क्ति स्वतन्त्रता माथिनै हस्तक्षेप् गरि स्वतन्त्रता पत्रकारिका जगतका/सस्थाका अध्यक्षलाई सांघातिक आक्रमण गरिनु गैर जिम्मेवारी पूर्ण ब्यबहार पद तथा कुवेत बाशी नेपाली दाजुभाई दिदीबहिनीहरु मात्र नभई आम नेपालि माथिको गम्भीर घटना भयको महसुस गर्दै उक्त घटनाको दोसिलाई तत्काल कानुनि कटघरामा उभ्याई कढा भन्दा कढा कारबाहीको लागि दूतावास कुवेत,गैर आवाशीय नेपालि संघ कुवेत,नेपालि जनप्रगतिसिल मंच कुवेत,नेकपा माओवादी केन्द्र,नेकपा माओवादी केन्द्र अन्तर्राष्ट्रिय बिभाग,YCL NEPAL केन्द्रीय कार्यालय,परराष्ट्र/गृहमन्त्रालय,बैदेशी रोजगार बिभाग,लगायत् सम्बन्धित निकायलाई जोरदार माग गर्दछौ |

नेपाली जनप्रतिसिल मंच ओमान                   अध्यक्ष
                                                           उमेश बि.क.

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads