Loading...
मन्त्रिपरिषद्को बिदाइ पछि बालुवाटार छाेडे देउवाले

काठमाडाै । आफ्नो आठमहिने कार्यकालमा प्रधानमन्त्री शेरबहादुर देउवा स्थानीय निर्वाचन, प्रदेश सभा निर्वाचन र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराएर संविधान कार्यान्वयन गराउन सफल भए ।
आजको नयाँ पत्रिकामा खबर छ । यस अर्थमा प्रधानमन्त्रीको कार्यकाल सफल भएको छ । आफैंले गराएको निर्वाचनमा पराजित भएपछि पनि उनले नीतिगत र दीर्घकालीन असर पर्ने प्रशासनिक निर्णय गर्न कत्ति पनि संकोच मानेनन् ।
खासगरी लामो समयदेखि रोकिएका नियुक्तिका निर्णय गर्न र आर्थिक सहायता वितरण गर्न पनि उनले यही समय रोजे । यही काममा उनले निर्वाचनअगाडि ध्यान दिन सकेको भए उनको दलको प्रतिष्ठा बढ्ने थियो ।
तर, पराजयको जिम्मा लिनुको सट्टा सुशासनमा सम्झौता गर्दा उनको छवि थप धुमिल भएको छ । देशवासीका नाममा संवाेधन गरेर देउवा बालुवाटारबाट वाहिर निस्किएका छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads