Loading...
करिश्माको होलि कक्टेल पाटी

काठमाडौं । अभिनेतृ तथा निमात्री करिश्मा मानन्धर नेपालमा रहेसम्म हरेक फागुपूर्णिमाका दिन कलाकारलाई आफ्नो गोदावरीस्थित निवासमा बोलाएर कक्टेल, स्न्याक्स र खानपानको समेत व्यवस्था गरी भव्यसँग फागु मनाउँछिन् ।
आजको नेपाल समाचारपत्रमा खबर छ-हरेक बर्ष फागुपूर्णिमा आउने समयमा सबैजसो कलाकर्मीले पहिले नै यसपालिको फागु पनि करिश्माको घरमा मनाउने सोच बनाइसकेका हुन्छन् ।
एक किसिमले भन्ने हो भने कलाकारको फागुको रमझम करिश्मा निवासमै हुने गर्छ ।
यस बर्ष पनि उनी अघिल्ला बर्षजस्तै फागु मनाउने तयारीमा छिन् र कलाकर्मीलाई निम्तो पनि गरिसकेकी छिन् ।
यसरी व्यक्तिगत रुपमा फागुपूर्णिमा मनाउँदा आर्थिक भार कत्तिको पर्छ ? भन्ने प्रश्नमा उनी भन्छिन्,जुन बेला लाजिम्पाटमा होली मनाइन्थ्यो त्यो बेला त पर्दैनथ्यो । तर, पछि गोदावरीमा थालेपछि सहभागीको संख्या पनि बढ्यो । योसँगै आर्थिक भार बढेपनि केही बर्षदेखि स्पोन्सरहरु आएका छन् । यसले गर्दा पनि सजिलो भएको छ । स्पोन्सर भएकाले धेरै आर्थिक भार पर्दैन ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads