Loading...
मिनी बार सहितको सुपर एसी डिलक्स बस (भिडियो)

म्याग्दीबाट आगामी हप्ता सुपर एसी डिलक्स बस सेवा सञ्चालन गरिने भएको छ । बेनीजोमसमोम हुदै चिनको तिब्वत सिमाना कोरलासम्म पुग्ने गरी बस सेवा सञ्चालन गर्ने लक्ष्यका साथ म्याग्दी कोरला मुभर्स एण्ड ट्राभल्स् कम्पनीले पहिलोचरणमा १० बटा बस सञ्चालनमा ल्याउने बताएको छ ।
एयर कन्डिसन एसी युक्त आरामदायी २ वटा सुपर डिलक्स बस बेनीमा आइपुगेको कम्पनीका अध्यक्ष सुरत केसीले बताउनुभयो । यात्रुलाई लक्षित आगामी सोमबार म्याग्दी र काठमाण्डौबाट दुईवटा बसले सेवा सुरु गर्नेछ । बेनी, काठमाण्डौका साथै पश्चिम म्याग्दीको दरवाङ र मुस्ताङबाट समेत नियमित सेवा सुरु गरिने कम्पनीले जनाएको छ ।
छिमेकी जिल्ला मुस्ताङबाट सिधा काठमाण्डौसम्म बस सञ्चालन गरिने बसले आन्तरिक तथा बाह्य पर्यटकलाई समेत सहज हुने कम्पनीको भनाई छ । भारतको डिल्लीमा तीन महिना लगाएर बनाइएको बसको शुक्रबार गलेश्वर मन्दिरमा पुजाआजा गरिएको छ । 
यातायातको क्षेत्रमै अनुभव भएकाहरूको लगानी रहेको कम्पनीले पहिलो चरणमा ६ करोड लगानी गरिएको छ । बसभित्र शौचालय,मीनी बार, दु्रतगतिको इन्टरनेट, एलईडी टिभी, प्राथमिक उपचार बक्स, आगलागी भए त्यसलाई नियन्त्रण गर्ने यन्त्र रहेको छ । यूरो मापदण्डका बसमा दुईवटा चालक हुनेछन् । यात्रुले चाहेको बेलामा चालकलाई यात्रुले हेर्न मिल्ने गरी सिसी क्यामेरा र यात्रुको अनुमतिमा पछाडीको सिसी क्यामेरा समेत जडान गरिएको छ ।
बसभित्र कफी र पानीको सुविधा रहेको छ । सिटमा चार्जको सुविधा समेत रहेको छ । यात्रुको सामान सुरक्षित गर्न डिजिटल लकरको सुविधा छ भने लकरमा पासर्पोट समेत यात्रुले आफै राख्न पाउँछन् । यात्रुलाई यात्रा अगाडी आवश्यक पर्ने ट्राफिक नियमका बारेमा जानकारी गराइन्छ । यात्रु र चालक बीच परिचय तथा यात्रामा देखिएका समस्यालाई तत्काल समाधान गर्ने कम्पनीको भनाई छ ।
सडक सञ्जालको स्तरउन्नतीलगत्तै छिमेकी राष्ट्र चीन र भारत जोड्ने अन्तरदेशीय बेनी–जोमसोम–कोरला सडक अन्र्तरगत कोरलासम्म आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा दिने कम्पनीको योजना रहेको छ । बसभित्र जिल्लाका बारेमा तयार गरिएका जानकारीमुलक दस्ताबेज समेत राखिन्छ ।
बसमा भित्र मीनी बार, फ्रेस रुमको सुविधा रहने छ। पोखरा । कच्ची सडकमा समेत नहल्नि आवश्यक सबै प्रविधिको प्रयोग गरिएको छ । बसभित्र रहेका सुविधाले समेत यात्रुलाई आर्कषित गर्ने कम्पनीका सञ्चालकको भनाई छ । बस संगै कम्पनीले यातायातको क्षेत्रमा अन्य थप योजनाहरु सार्वजनिक गर्ने जनाएको छ । एकबर्ष भित्र करिव १२ करोड लगानीको योजना सहित म्याग्दी कोरला बस सेवा सञ्चालनमा ल्याइएको हो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads