Loading...
भाडामा ‘सेक्स डल’ दिने चिनियाँ कम्पनीको घोषणा

बेइजिङ । विचित्र छ यो संसार, मानिससँग धन सम्पत्ति कमबेसी भएपनि इच्छा र रहर भने समान हुने गर्छन् । कतिपयले पैसा हुँदा सामान किनमेल गरेर उपभोग गर्न सक्छन्, अरु पनि इच्छा पालेर मात्रै बस्छन् ।
यही अवस्थालाई ध्यानमा राखेर चिनको एक कम्पनीले भने प्रयोग गर्न चाहने तर किन्न नसक्नेहरुका लागि एउटा बिल्कुलै नयाँ अफर गरेको छ ।
सुन्दा अनौठो लाग्छ, यो अफर हो– सेक्स डलको ।
पछिल्लो समयमा कृत्रिम महिला या पुरुष बनाएर सेक्स खेलौनाका रुपमा प्रयोग गर्ने प्रचलन बढ्दै गइरहेको छ । तर महंगो हुने भएकोेले सबैले यो किन्न भने सक्दैनन् । यही कुरामा चिनियाँ कम्पनीले बजारको सम्भावना देखेको हो ।
‘टच’ नामले प्रख्यात चिनियाँ कम्पनीले सेक्स डल भाडामा दिन सुरु गरेको हो । यसलाई अगाडि बढाउन बेइजिङमा ‘शेयर्ड गल्र्स’ नामाबाट सेवा शुरु गरेको छ ।
भाडामा सेक्स डलको कुरा फोन एपबाट शुरु हुन्छ । यो एपको माध्यमबाट हप्ता दिनका लागि यी सेक्स डलहरुको बुकिङ गर्न सकिन्छ । यो एप्लिकेसनमा राखिएका बिभिन्न सेक्स डलको विशेषता हेरेर आफूले चाहेको अर्डर गर्न सकिन्छ । यसमा लम्बाई, मोटाई, आँखा र कपालको रङ्ग जस्ता पक्षहरु हेरेर सेक्स डल छान्न सक्छ ।
यी सेक्स डलहरुलाई २९८ युआन अर्थात करिब ५ हजार नेपाली रुपैयाँमा बुक गर्न सकिन्छ । तर बुक गर्दा भने ८ हजार युआन एडभान्स जम्मा गर्नुपर्छ । पछि यो रकम फिर्ता गरिने कम्पनीले जनाएको छ । यसरी अर्डर गरेपछि यी सेक्स डलहरुको डेलिभरी गरिन्छ ।
कम्पनीका अनुसार, यी सेक्स डलहरुले स्पर्श पाउने बित्तिकै बिभिन्न किसिमका आवाज निकाल्ने गर्दछन् । यसका साथै साँच्चिकै केटी जस्तो अनुभूति पनि हुने कम्पनीको दावी छ ।
यी सेक्स डलहरु चाइनिज, रसियन, कोरिएनलगायत कैयन् बिभिन्न संस्करणमा उत्पादन गरिएका छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads