Loading...
दिनदिनै बिहान सूर्य नमस्कार गर्दा शरीर र मन दुवै स्वस्थ


सूर्य नमस्कारलाई सर्वोत्कृष्ट योगासन मानिन्छ दिनदिनै बिहान सूर्य नमस्कार गर्दा शरीर मन दुवै स्वस्थ रहन्छन् सूर्य नमस्कार गर्दा सूर्यका किरणहरूको सीधा प्रभाव शरीरमा पर्दा अनेकौं रोग पनि भाग्छन्  

यसले शरीरमा उचित मात्रामा भिटामिन डी दिलाउँछ जसले गर्दा मानसिक तनाव मोटोपन जस्ता रोग पनि लाग्न पाउँदैनन् दिनको १० मिनेट सूर्य नमस्कार गर्नुभएमा तपाईंले अरू कुनै आसन गरिरहनुपर्दैन  
सबभन्दा पहिले उभिएर घुँडाहरू जोड्नुस् हातको पञ्जालाई खुला राख्नुस् त्यसपछि जाँघहरू सीधा राख्नुस् नमस्कारको मुद्रा बनाउनुस् अब कुहिनाहरूलाई शरीरमा टाँसेर हत्केलालाई बांगो राखेर औंलालाई मुटुमुनि करङमा राखेर आँखीभौंका बीचमा ध्यान केन्द्रित गर्नुस्  

आफ्ना दुवै हात मास्तिर लगेर सीधा पार्नुस् सास लिनुस् हातहरूलाई सीधा गरेर हत्केलालाई अगाडिपट्टि पार्नुस् त्यसपछि कानमा हात जोडेर हातलाई गर्दनपछाडि लानुस् यसै स्थितिमा केही बेर रोकिनुस्  

हातहरूलाई फेरि अगाडि ल्याएर सास छोड्दै अघिल्तिर झुक्नुस् हातलाई दायाँबायाँ हल्लाएर अनि घुँडालाई सीधा राखेर हातलाई जमीनमा टेकाउनुस् शिरलाई घुँडामा टाँसेर ध्यान नाभिमा केन्द्रित गर्नुस्  

शरीरलाई अलिकति अघि सारेर सास भर्नुस् हात सीधा पार्नुस् अनि गर्दनलाई पछि लैजानुस् अब पञ्जाहरू टाँसेर घुँडाका जोर्नी उचाल्नुस् त्यसपछि कम्मरलाई तल झुकाएर सूर्य नमस्कार गर्नुस्  

सास छोड्दै शरीरलाई फेरि उठाउनुस् घुँडा टेकाएर बस्नुस् त्यसपछि कम्मरलाई मास्तिर राखेर शिरलाई तलतिर झुकाउनुस् त्यही स्थितिमा रहनुस् अब सामान्य स्थितिमा आउनुस्  


फाइदा
सूर्य नमस्कार गर्दा शरीरमा रक्तप्रवाह बढ्छ जसले गर्दा मोटोपन रहन पाउँदैन अनि उच्च रक्तचाप पनि नियन्त्रणमा रहन्छ  

दिनदिनै १० मिनेट सूर्य नमस्कार गर्दा शरीरमा कार्बन डाइअक्साइडको उत्सर्जन बढ्छ यसले गर्दा शरीर ऊर्जाशील हुन्छ रोगबाट बचाउँछ  

यसले मांसपेशी हाडलाई पनि बलियो बनाउँछ  

सूर्य नमस्कारबाट शरीरमा पानीको मात्रा पनि सन्तुलित रहन्छ यसले शरीरका अनावश्यक तत्त्वलाई पनि बाहिर निकाल्छ  

यो योग गर्दा भोक नलाग्ने समस्या पनि हट्छ अनि स्मरणशक्ति पनि बढ्छ  

सूर्य नमस्कारको समयमा सास तान्ने छोड्ने गरिँदा हावा फोक्सोसम्म अनि अक्सिजन चाहिँ रगतसम्म पुग्छ यसले शरीरबाट कार्बन डाइअक्साइड अन्य विषालु ग्यास निकाल्छ शरीर डिटक्स हुन्छ  

सूर्य नमस्कार उचित समय ढिलो गतिमा गर्नुस् एक आसनमा सास सामान्य भएपछि मात्र अर्को आसनमा जानुस् कोमल, गद्दा भएको म्याट वा ओछ्यानमा यस्ता आसन गर्नुस् त्यहाँ गर्दा ढाडको हाडमा दखल पर्छ अनि
स्लिप डिस्क भएका उच्च रक्तचाप भएका रोगीले पनि यो योग नगरेकै राम्रो हुन्छ  

एजेन्सी

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads