Loading...
बर्षमा ५३ अर्बको फोन गर्छन नेपाली

फाइल फोटो
काठमाडाैं । एक नेपालीले मोबाईल कुराकानीमा कति रुपैयाँ खर्च गर्लान् ?  प्रत्येक व्यक्तिलाई सोध्दा यो प्रश्नको उत्तर निकै सानो रकममा आउला । तर, समग्रमा नेपालीले बर्षमा ५३ अर्बभन्दा बढी रुपैयाँ मोबाईल कुराकानमा खर्च गर्छन् ।
आजको कान्तिपुरमा खबर छ-नेपालीले मोवाइल प्रयोगमा गर्ने खर्च नेपालका दुई ठुला टेलिकम सेवा प्रदायकको आम्दानीको मुख्य स्रोत पनि हो । नेपाली टेलिकम बजारमा अधिकांश हिस्सा नेपाल टेलिकम र एनसेलले ओगटेका छन् । दुवै कम्पनीले एक बर्षमा जीएसएम मोवाई सेवाबाट ५३ अर्ब ६ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् ।
अार्थिक बर्ष २०७३/७४ मा नेपाल टेलिकमभन्दा एनसेलले बढी अाम्दानी गरेको छ ।  नेपाल टेलिकमले ४० अर्ब ३१ करोड ९० लाख अाम्दानी गरेको छ भने एनसेलले ५६ अर्ब ९४ करोड ७१ लाख अाम्दानी गरेको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads