Loading...
यस्तो छ घमौराको घरेलु उपचार

गर्मी याम आउँदै छ ।  घाम चर्किन थालेसँगै छालामा घमौरा आउने समस्या हुन्छ । घमौरा विशेष गरेर छाती, ढाड र हातमा बढी आउने गर्छ ।
यसले पुरै शरीर नराम्रोसँग चिलाउने, साना बिमिरा देखा पर्ने र कहिलेकाँही त त्यस्ता बिमिराहरूमा ब्याक्टेरियाको संक्रमण भएको खण्डमा पाकेर समेत दुःख दिने हुन्छ ।
घमौरा गर्मी यामको आम समस्या हो ।  तर पसिना आउनासाथ यसले दिने दुःख भने नराम्रो खाले हुन्छ ।  सामान्य अवस्थामा घमौराको उपचारको लागि डाक्टर कहाँ गइराख्नु पर्दैन ।  बजारमा घमौराबाट राहत दिलाउने दाबी गरिएका कयौं पाउडर, लोसन र क्रिम उपलब्ध छन्। तर यसका लागि बजारबाट त्यस्ता उत्पाद किनिराख्नु पर्दैन। यसको घरमै उपचार सम्भव छ ।
यसको घरेलु उपचार भनेको शरीरलाई शीतलता प्रदान गर्ने खानपान र जीवन व्यवहार नै हो । निम्न प्रकारका घरेलु विधिहरू अपनाएको खण्डमा घमौराबाट मुक्ति पाउन सकिन्छ:
  • घमौरा भएकाले प्याज, लसुनले झानेको दाल खानु हुन्न । काँचो प्याज खानाले शरीर शीतल रहन्छ । तर झानेको प्याजले शरीरलाई गर्मी बनाउँछ । जसले गर्दा झन् बढी घमौरा आउँछ ।
  • घमौरा भएको ठाउँमा बरफ दल्दा राहत मिल्छ ।
  • घमौरा आएको ठाउँमा मुलतानी माटोको लेप लगाउनाले केही दिनमै घमौरा हराउँछ ।
  • बिहान–बेलुका नुहाएपछि नरिवलको तेलमा कपुर मिसाएर शरीरको मालिस गर्नाले घमौरा कम हुँदै जान्छन् ।
  • घमौरा आएको ठाउँमा मेहदीको लेप लगाउँदा केही दिनमै घमौरा हराउँछ । साथै, नुहाउने बेलामा मेहदीका केही पत्ता पिसेर पानीमा मिसाउने र त्यही पानीले नुहाउँदा पनि राहत मिल्छ ।
  • नीमको बोक्रा घमौरा आएको ठाउँमा दल्दा पनि राहत मिल्छ । अथवा पानीमा नीमका पात राखेर उमाल्ने र सेलाएपछि त्यही पानीले नुहाउने । यसो गर्दा पनि घमौरा घट्दै जान्छ ।
  • तुलसीको डाँठलाई चन्दनजस्तै गरी घोटेर यसको लेप घमौरा आएको ठाउँमा दल्नाले राहत मिल्छ ।
  • लसुनको पोटीलाई पिसेर लेप बनाई घमौरा आएको ठाउँमा दल्दा केही दिनभित्रै घमौराबाट मुक्ति मिल्छ ।
  • घमौराको समस्या दोहोरिरहनेहरूले गर्मीमा चनाको सातु खाने गर्नुपर्छ । साथै कागतीपानी पनि खाइरहने गर्नुपर्छ ।
  • घमौरामा घ्युकुमारीको रसले पनि राहत प्रदान गर्दछ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads